Madhes Khabar
Uncategorized

पर्सामा हिन्दु पत्रकार संघ गठन, अध्यक्षमा रौनियार

वीरगन्ज,६पुसः पर्सामा हिन्दु पत्रकार संघको जिल्ला कार्य समिति गठन गरिएको छ । वीरगन्जमा आइतबार सम्पन्न पत्रकाहरुको भेलाबाट राजन रौनियारको अध्यक्षतामा हिन्दु पत्रकार संघ गठन गरिएको हो ।

जसको उपाध्यक्षमा विनोद पटेल र विमला गुप्ता,सचिव राजकुमार सर्राफ र कोषाध्यक्षमा आनन्द पटेल रहेका छन् ।यस्तै सदस्यहरुमा अभिलाष गुप्ता, अर्जुन चौधरी,अनिल ओझा, सन्तोष कुशवाहा,सन्जय कुशवाहा, रवि बर्णवाल,राकेश साह , राजु बैठा,रश्मीराज भण्डारी, अजय चौरसिया,त्रिलोकी पटेल लगायतका रहेका छन् ।

भेलामा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी, पूर्वकेन्द्रिय सचिव दीपेन्द्र चौहान, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा,पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल,प्रेस चौतारी पर्साका अध्यक्ष निरन्जन मिश्र,नेपाल प्रेस युनियनका अजय साह लगायतकाकाृपनि उपस्थिती थियो ।

Related posts

देशकै कान्छा पालिका प्रमुख गुप्ता भन्छन्– आमाका सपनाहरु पुरा गर्छु

MadhesKhabar

भारतविरुद्ध नेपाललाई दाेस्राे सफलता, दिपेन्द्र र साेमपालले लिए १/१ विकेट

MadhesKhabar

पर्सामा गाँजा खेती नष्ट गर्ने प्रहरीको अभियानले पायो निरन्तरता

MadhesKhabar

Leave a Comment