Madhes Khabar
Uncategorized

देशकै कान्छा पालिका प्रमुख गुप्ता भन्छन्– आमाका सपनाहरु पुरा गर्छु

माधुरी महत्तो
वीरगन्ज, ०७ जेठ
: पर्साको कालीकामाइ गाँउपालिकाको अध्यक्षमा नवनिर्वाचित सम्भवत देशकै सबैभन्दा कान्छा पालिका प्रमुख हुन् बशीष्ट प्रसाद गुप्ता । गाँउपालिका प्रमुखमा निर्वाचित हुदा उनको उमेर २१ वर्ष २ महिना मात्रै पुगेको छ । भारतको देहरादुन स्थित द इण्डियन पब्लिक स्कुलबाट मेट्रिक र पटनाबाट बिबिए अध्ययन गरेका गुप्ता पालिका प्रमुखमा निर्वाचित भएपछि देशभरको उनको चर्चा छ ।


गुप्ता भन्छन्, ‘ मेरो परिवार पहिले देखि नै राजनीतिमा थियो , मलाइ पनि राजनीति गरु , नेता बनु भन्ने चाहना थियो तर यति चाडै नेता बन्छु भनेर सोचेको थिइन , जनताले भरोेसा गरेर मलाइ नेता बनाइ दिए ।
गुप्ताकी आमा लालसा देवी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट पालिका अध्यक्षमा चुनाव लडेकी थिइन् । तर दुर्भाग्यवश उनि ११९ मतले पराजित भएकी थिइन् ।
उनै लालसाका छोरा गुप्ता सौभाग्यवश अहिले त्यहि दलबाट निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार अजय पटेल कुर्मी भन्दा ११७ मत अन्तरले पालिका प्रमुखमा निर्वाचित हुन पुगेका छन् ।
नवनिर्वाचित कान्छा पालिका प्रमुख गुप्ता भन्छन्,‘ मेरी आमा यसभन्दा पहिले चुनाव लड्दा कृषि ,स्वास्थ्य , शिक्षा क्षेत्रका एजेण्डा लिएर जनताको बिचमा जानु भएको थियो तर दुर्भाग्यवश उहाले त्यसबेला जित्न सक्ननु भएन , अहिले म जितेको छु , म मेरी आमाका तीनै भिजनहरु पुरा गर्छु ।
गुप्ता आफनो पहिलो प्राथमिकता कृषि र किसानका समस्या सामधान गर्ने रहेको बताउछन् ।
आफनो पालिकाका बहुसंख्यक जनता किसान रहेका कारण किसानका लागि सहज रुपमा बीउबीजन , मल र सिंचाइको सुविधा उपलब्ध गराउने उनि बताउछन् ।
गुप्ता भन्छन्‘ यहाका किसान धेरै समस्या र पिडामा छन् , मैले सबै भन्दा पहिले उनिहरुका लागि काम गर्छु , कृषिमा पालिकालाइ नमूना पालिका बनाउछु ।


उनको दोश्रो प्राथमिकता सडक र नाला रहेको छ । पालिकाका हरेक गाँउ र टोलमा पक्की सडक र नाला निर्माण गर्ने गुप्ता बताउछन् ।
गुप्ता भन्छन् ,‘ यहा पानीको निकास नै छैन , थोरै वर्षा भयो भने गाँउ जलमग्न बन्छ , सडक हिलाम्ये हुन्छ , पानीको निकासका लागि पक्की नाला बनाउछु ।
तेश्रो प्राथमिकता स्वास्थ्य क्षेत्रको सुधार रहेको गुप्ता बताउछन् ।
गुप्ता भन्छन्‘ यहा ३÷४ वटा स्वास्थ्य केन्द्र त छन् तर बिरामीले सामान्य उपचार पनि पाउदैनन् , त्यसैले हरेक स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टर राखेर निशुल्क उपचार सेवा दिने प्रबन्ध मिलाउछु , ल्याब पनि सन्चालन गराउछु ।
गुप्ताको चौथो प्रामिकतामा युवा र खेलकुद परेको छ । आफै पनि युवा भएका कारण युवा र खेलकुद क्षेत्रमा आफनो रुची रहेको उनि बताउछन् ।
गुप्ता भन्छन् ,‘ म आफै पनि क्रिकेट खेलाडी हु , युवाको चाहना अनुसार खेल मैदान बनाउछु , पालिकामा एउटा क्रिकेट नेट बनाउछु, जिम हल खोल्ने छु ।
जेष्ठ नागरिक , एकल महिला , अपाङगता भएका व्याक्तिहरुको सामाजिक सुरक्षाभत्ता वितरणका लागि पालिकामा कर्मचारी नियुक्त गरेर लक्षित वर्गको घरघरमै पुगेर बृद्धभत्ता वितरण गर्ने व्यवस्था मिलाउने पनि गुप्ता बताउछन् ।
गुप्ता भन्छन् ,‘ मैले यी जे जे काम गर्छु भनेको छु , त्यसका लागि ५ वर्षको समय प्रयाप्त छ , बजेट पनि पुग्छ , यदि इच्छाशक्ति हुने हो भने यी सबै योजना र काम सहजै पुरा गर्न सकिन्छ , म मा त्यो इच्छाशक्ति छ त्यसैले म गरेर देखाउछु ।

Related posts

भेडाहा नदि नियन्त्रणका लागि तटबन्ध बनाउदै वीरगन्ज महानगर

MadhesKhabar

खडेरी पिडित मधेसका किसानलाई राहत दिन मन्त्री क्षेत्रीको अग्रसरता:ट्युबवेलका लागि आवेदन माग

MadhesKhabar

प्रेमको नाटक गरेर २५ लाख भन्दा बढी ठगी गर्ने युवती प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment