वीरगन्ज,०४जेष्ठःपर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर २ मा मधेस प्रदेशकै पहिलो थारु संग्राहलय निर्माण गर्न थालिएको छ । वडा नम्बर २ स्थित भुमरीमाई पार्क परिसरमा गाँउपालिकाले थारु संग्राहलय निर्माण गर्न थालेको हो ।
बिहीबार थारु जातिका अगुवा एंव जेष्ठ नागरिक प्रमेश्वर गौरोेले थारु संग्राहलय निर्माण कार्यको शिलान्याश गरे ।पहिलो चरणमा गाँउपालिकास्तरीय २० लाख रुपैयाँको बजेटमा संग्राहलय निर्माणको काम सुरु गरिएको गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारुले जानकारी दिइन् ।
उनका अनुसार, संग्राहलयमा तीन वटा ब्लक बन्नेछ । त्यसमध्ये अहिले पहिलो चरणमा २० लाख रुपैयाँको लागतमा फस्ट ब्लक बनाउन थालिएको उपाध्यक्ष थारुले बताइन् । उनले भनिन्‘ चालु आर्थिक बर्षमा फस्ट ब्लकका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । थप दुई ब्लकका लागि आगामी आर्थिक बर्षमा रकम विनियोजन गरेर काम अगाडि बढाइन्छ।’
२०८४ सालभित्र बृहत थारु संग्राहलय निर्माण गरी सञ्चालनमा ल्याउने लक्ष्य आफुहरुको रहेको उनले बताइन् । उनले पटेर्वा सुगौलीमा निर्माण गर्न लागिएको थारु संग्राहलय मधेस प्रदेशकै पहिलो थारु संग्राहलय रहेको बताइन् ।
गाँउपालिका अध्यक्ष दिनेश चौधरीका अनुसार, सग्राहलयमा थारु जातिको पहिचान र रितिसंस्कृति झल्किने घरका नमूना, थारुका पूर्वजले प्रयोग गरेका पहिरन, कृषि उपकरण,खानपानका सामग्री,थारु जातिका कूल देउताका मूर्ती लगायतका सामाग्री प्रदर्र्शनीका लागि राखिने छ ।
पटेर्वासुगौली गाँउपालिका वडा नम्बर २ स्थित भूमरीमाई पार्कलाई पर्यटकीय गन्तव्यको केन्द्र बनाउने योजनाका साथ काम भइरहेको र त्यसमै यो थारु संग्राहलयपनि बनाउन लागिएको उपाध्यक्ष महत्तोले बताइन् । पार्क परिसरमै आधुनिक कृषि बजार निर्माणको कामपनि भइरहेको उनले जानकारी दिइन् ।
बिहीबारको शिलाान्यास कार्यक्रममा गाँँउपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष महत्तो, वडाध्यक्ष विजय गैरेका साथै गाँउपालिकाका कर्मचारी,थारु जातिका अगुवा लगायतकोपनि उपस्थिती रहेको थियो ।