
वीरगन्ज,१४भदाैं:कानुन,न्याय तथा संसदीय मामिलामन्त्री अजय चाैरसियाले नेपाल र भारतबीचकाे सम्बन्धमा असर नपर्ने गरि पत्रकारिता गर्न आग्रह गरेका छन्।शनिबार वीरगन्जमा मिडिया फर बाेर्डर हार्माेनीले आयाेजना गरेकाे नेपाल-भारत सीमापार मिडिया सम्मेलनलाई सम्बाेधन गर्दै मन्त्री चाैरसियाले दुवै देशका पत्रकारहरुसंग उक्त आग्रह गरेका हुन्।
मन्त्री यादवले नेपाल र भारतबीचको आपसी सम्बन्ध विश्वमै अनुपम रहेकाे बताए ।दुई देशका सीमा क्षेत्रका सांस्कृतिक,सामाजिक,धार्मिक ,आर्थिक समस्या साझा समस्याको रुपमा देखिएकोले यसको समाधान दुवै मुलुकको समन्वय तथा सहकार्यमा हुनुपर्नेमा उनले जाेड दिए।मन्त्री चौरसियाले नेपाल र भारतबीच देखिएको केही समस्या साझा समस्याको रुपमा देखिएकोले त्यसको सामाधान दुवै मुलुकको सामुहिक प्रयासबाट मात्र गर्न सकिने बताए।
नेपाल र भारतबिचको सम्बन्ध दुई देशका सरकारका बीचमा मात्र नभई नागरिकस्तर बीचमा पनि प्रगाढ सम्बन्ध रहेकाे जसलाई दुई देशका सरकारले चाहेरपनि ताेड्न नसक्ने उनले बताए।
उनले भारतमा स्वतन्त्रताका लागि भएको आन्दाेलनमा नेपालका नेताहरु नै सहभागी भएर सफल पारेकाे तथा नेपालमा लाेकतन्त्रका लागि भएका हरेक आन्दोलनमापनि भारतीय नेता र नागरिकले पनि महत्वपुर्ण भूमिका निर्वाह गरेकाे स्मरण गराए।जसका कारणले नै दुई देशबीचकाे राजनीतिक सम्बन्ध अझ प्रगाढ बनेकाे उनले बताए ।
मधेस प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेलले सत्य तथ्य समाचारले मात्र दुई मुलुकको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए ।त्यसकारण दुवै देशका पत्रकारले समाचार सम्प्रेषण गर्दा दुवै मुलुकको हितलाई ध्यानमा राख्नुपर्ने र अतिरञ्जना फैलाउने खालका समाचार सम्प्रेषण नगर्न उनले आग्रह गरे। दुई देशकाे सम्बन्धलाई अझ उचाइमा पुर्याउन पत्रकारको भूमिका महत्वपूर्ण रहने उनले बताए ।
मिडिया फर बाेर्डर हार्माेनी नेपालका अध्यक्ष अनिल तिवारीकाे अध्यक्षता तथा कानुनमन्त्री चाैरसियाकाे अध्यक्षतामा आयाेजित सम्मेलनकाे उद्घाटन सत्रलाई पूर्वराजदूत विजयकान्त कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी,वरिष्ठ पत्रकार हस्त बहादुर गुरुङ अनिल तिवारी,बाेर्डर फर हार्माेनी भारतका अध्यक्ष अमरेन्द्र तिवारी लगायतले दुई देशबीचका सम्बन्ध तथा सञ्चार क्षेत्रका समस्या र चुनाैतीबारे चर्चा गरेका थिए।
सम्मेलनमा नेपालका विभिन्न जिलबाट ४० र भारतका विभिन्न प्रान्तबाट ५० जना पत्रकारहरुको सहभागिता रहेको थियो।

