Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालमा ३ महिनापछि बल्ल आयो एन्टी रेबिज भ्याक्सिन

वीरगन्ज,२३असाेज:लामो अभावपछि वीरगन्जस्थित नारायणी अस्पतालमा रेबिजको भ्याक्सिन आएको छ । अस्पतालका प्रवक्ता डाक्टर उदयनारायण सिंहले करिब तीन महिनाको प्रतिक्षापछि एन्टी रेबिज भ्याक्सिन अस्पतालमा आएको बताए ।

संघीय स्वास्थ्य विभागले पठाएको चार सय भाइल भ्याक्सिन प्रादेशिक स्वास्थ्य विभाग हुँदै नारायणी अस्पतालसम्म आइपुगेको उनले बताए । एक भाइलमा तीन डोज हुने र त्यो एक जनालाई भ्याक्सिनको डोज दिन पुग्ने उनले बताए । ‘एक भाइलमा तीन डोज भ्याक्सिन हुन्छ,’ उनले भने, ‘यसरी कम्तीमा चार सय जनाले अस्पतालबाट भ्याक्सिनको सेवा पाउने छन् ।’

अस्पतालमा दैनिक सरदर १० देखि १५ जनासम्म पनि कुकुर, बिरालो आदिले टोकेका बिरामी भ्याक्सिन खोज्दै आउन गरेका छन् । यस अनुपातमा हाल प्राप्त भ्याक्सिनले मुस्किलले एकदेखि डेढ महिनासम्म मात्र माग धान्ने छ । त्यसपछि फेरि भ्याक्सिनको अभाव हुने छ ।

यस भेगकै सदर अस्पताल नारायणी अस्पतालमा एन्टी रेबिज भ्याक्सिनको अभाव हुँदा स्थानीयलाई ठूलो समस्या भइरहेको थियो ।शंकर आचार्य/कान्तिपुर

Related posts

पर्सा ३ को (ख) मा स्वतन्त्र उम्मेदवारी दिने जसपा नेता शीवजी सोनीको घोषणा

MadhesKhabar

बारामा यसबर्ष करिब १० अर्ब बढीको दलहन उत्पादन

MadhesKhabar

पर्सा १ (ख) का युवा उम्मेदवार सर्राफ भन्छन् : मतदाताले मुख्यमन्त्री राउतकाे विकल्प खाेजिरहेका छन्

MadhesKhabar

Leave a Comment