Madhes Khabar
स्थानिय हेडलाइन

पर्साका एसपी पाठक हेडक्वार्टर तानिए, भट्टराईले पाए पर्साको जिम्मेवारी

वीरगन्ज,१३ साउनः जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) सुदीपराज पाठकको सरुवा भएको छ ।वीरगन्जको नारायणी अस्पताल प्रकरणमा विवादमा परेका एसपी पाठकलाई प्रहरी प्रधान कार्यालयले प्रहरी हेडक्वार्टरमा सरुवा गरेको हो । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले हाल काठमाडौँ प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी सम्हालेका एसपी पवन भट्टराईलाई सरुवा गरेर पर्सामा पठाएको छ ।

गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड र चिकित्सकमाथि निर्घात कुटपिट भएको थियो । त्यसको विरोधमा वीरगन्जका सबै अस्पतालका चिकित्सकहरु गत आइतबारदेखि उपचार सेवा ठप्प पार्दै हडतालमा छन् ।

त्यहि विषयमा गत सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्ताका क्रममा एसपी पाठकले आन्दोलनरत चिकित्सकहरुमाथि दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी करिब साढे ९ महिना सम्हालेका एसपी पाठकलाई प्रहरी प्रधान कार्यालयले गत असोज पहिलो साता सरुवा गरेर पर्सामा पठाएको थियो ।

Related posts

खानेपानी मन्त्री यादवको निर्देशनमा पोखरिया बजारका ४ स्थानमा डीप बोरिङ जडान

MadhesKhabar

सिट भागबन्डामा पर्सा बारे कुनै सहमति भएको छैन : काँग्रेस सभापति क्षेत्री

MadhesKhabar

दूधको मूल्य बढाउन किसानको माग

MadhesKhabar

Leave a Comment