वीरगन्ज,२०साउनःपर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया बजार क्षेत्रमा विद्यामान खानेपानीको समस्यालाई मध्यनजर गर्दै संघीय सरकारका खानेपानी मन्त्री प्रदीप्प यादवको निर्देशनमा डीप बोरिङ जडान गरिएको छ ।
मन्त्री यादवको निर्देशन र पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुनको पहलमा पोखरिया अस्पताल परिसरभित्र,आजाद मदर्शाको अगाडी ,पोखरिया बजार स्थित प्रहरी बिट अगाडि लगायत ४ स्थानमा डीप बोरिङ जडान गरिएको हो ।
खानेपानी मन्त्रालयद्वारा सञ्चालित ‘एक घर–एक धारा,सफा र स्वच्छ पानी–स्वस्थ्य जीवन’ नारा अन्तर्गत हरेक घरमा धारा तथा धाराको पाईप लाईन जडान गर्ने अभियान अन्तर्गत पोखरियाका चार स्थानमा डीप बोरिङ जडान गरिएको मन्त्री यादवका स्वकीय सचिव हरिन्द्र साहले जानकारी दिए ।
पर्सा जिल्लाकै दोश्रो सदरमुकामको रुपमा रहेको पोखरिया बजारमा रहेका सेवा प्रदायक संघसंस्थाहरु पोखरिया अस्पताल, मालपोत कार्यालय पोखरिया ,नापी कार्यालय पोखरिया , ईलाका प्रहरी कार्यालय पोखरिया , नेपाल विधुत प्राधिकरण पोखरिया वितरण केन्द्र पोखरिया लयागयतका सार्वजनिक ठाउँमा स्वच्छ खाने पानीबाट कोहिपनि नागरिक बञ्चित नहोउन् भन्ने मन्त्री यादवको चाहना रहेको यादवले बताए ।
पोखरिया नगरपालीकाको वडा नम्बर १ देखी १० सम्म रहेका सबै वडाका हरेक टोलमा खानेपानीको समस्या हुन नदिन सबै वडामा डीप बोरिङ जडान गरेर घरघरमा शुद्ध स्वच्छ खाने पानी पुर्याउने योजना रहेको साहले बताए ।

