Madhes Khabar
स्थानिय

वीरगन्जको लालपर्सामा निर्मित खानेपानी आयोजना सञ्चालनमा , ८ हजार बढी जनता लाभान्वित हुने

वीरगन्ज,२७बैशाखःवीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा झण्डै ३ करोड रुपैयाँको लागतमा नवनिर्मित लालपर्सा खानेपानी आयोजनाको शनिबार संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले समुद्घाटन गरेका छन् ।

लालपर्सामा संघीय सरकारको २ करोड ९३ लाख रुपैयाँको लागतमा १ सय घनमिटर क्षमताको एउटा ओभरहेड ट्यांकी र ५ हजार ३ सय ९९ मिटर पाइपलाइन विस्तार गरिएको छ । उक्त योजनाबाट वडा नम्बर ३० का ७ सय घरधुरीका करिब ८ हजार नागरिक लाभान्वित हुने बताइएको छ ।

लालपर्सा खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत निर्माण गरिएको लालपर्सा खानेपानी आयोजना शनिबार उपभोक्ता समितिबाट नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएपछि आयोजना सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

त्यसअवसरमा मन्त्री यादवले लालपर्सा खानेपानी आयोजना निर्माण सम्पन्न भई स्थानीय सरकारलाई हस्तान्तरण गरेर सञ्चालनमा आएसंगै अब वडा नम्बर ३० का नागरिकले शुद्ध, सुरक्षित र सुलभ पानी पाउने र यसले जीवनस्तरमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको बताए।

त्यसअवसरमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वडाध्यक्ष मनोज यादव लगायतकाकोपनि विशेष उपस्थिति थियो ।

Related posts

निजगढ विष्फाेट अपडेट: मृतककाे संख्या ३ पुग्याे, विष्फाेट भएकाे वस्तु बम रहेकाे आशंका

MadhesKhabar

धाेबिनी गाँउपालिका :एक वर्षमै १५ लाखकाे नास्ता, चिया पकाउन २ लाखकाे ग्याँस

MadhesKhabar

पर्साका दलित र सुुकुम्बासीलााई जग्गा दिलाउन सहयोग गर्न आयोगका अध्यक्ष रिजालको आग्रह

MadhesKhabar

Leave a Comment