Madhes Khabar
स्वास्थ्य

सखुवा प्रसौनी गाँउपालिकामा डेंगु–मलेरिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

वीरगन्ज,२१वैशाखः पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ मा सोमबार डेंगु, मलेरिया तथा अन्य कीटजन्य रोग सम्बन्धी सरोकारवालालाई लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारुको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्टको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रशिक्षकको रूपमा सहजीकरण गर्दै डा. निरज सिंहले डेंगु र मलेरिया रोगको कारण, लक्षण, रोकथाम तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी गराएका थिए। उनले सरसफाइमा ध्यान दिन, लामखुट्टे बस्ने स्थान नष्ट गर्न र सचेतना फैलाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहने बताए।

सखुवा प्रसौनी गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको एकदिन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत संजिव यादव, कार्यपालिका सदस्यहरू, विभिन्न स्वास्थ्य चौकीका प्रमुखहरू, स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

 

Related posts

नारायणी अस्पतालमा जनशक्ति थप गर्न सांसद प्रदीप यादवको माग

MadhesKhabar

वीरगन्जको पशुपति आदर्श क्लब र नेशनल मेडिकल कलेजबीच सम्झौता

MadhesKhabar

नारायणी अस्पतालमा दरबन्दी बेगर कार्यरत ४७ जनालाई जागीरबाट हटाइयो

MadhesKhabar

Leave a Comment