Madhes Khabar
स्वास्थ्य

सप्तरीमा मुख्यमन्त्री सिंहको अनुगमन : थप ५ वटा निजी अस्पताल बन्द गर्न निर्देशन

जनकपुरधाम,१७ चैतःमधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतबार सप्तरीको बोदेबर्साइनमा रहेका अस्पतालहरुमा छड्के अनुगमन गरेका छन् । तीमध्ये पाँच वटा अस्पताल मापदण्डविपरित सञ्चालनमा रहेको पाइएपछि मुख्यमन्त्री सिंहले ती अस्पताल बन्द गर्न निर्देशनपनि दिएका छन् ।

मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका अस्पतालहरुमा लाइफ केयर पोलिक्लिनिक प्रालि, छिन्नमस्ता डेन्टल क्लिनिक प्रालि, सगरमाथा डेन्टल क्लिनिक प्रालि, नईमा हेल्थ केयर एण्ड डाइगनेष्टिक सेन्टर र अक्टोभोग आइकेयर प्रालि रहेका छन् ।सिंहले सरकारको कुनैपनि निकायबाट तहबाट सेवा सञ्चालन अनुमति नलिएका ती अस्पताललाई बन्द गर्ने निर्देशन दिएका हुन्।

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरका अनुसार मुख्यमन्त्री सिंहले अहिलेसम्म मधेस प्रदेशका १ सय ६२ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । तीमध्ये १७ वटा मापदण्डअनुसारका पाइएका छन् भने मापदण्ड पुरा नगरेका १ सय १२ वटा अस्पताल बन्द गराइएको ठाकुरले बताए ।

Related posts

बाराको अमलेखगञ्जमा आयाेजित नि:शुल्क स्वास्थ्य शिविरबाट २०० बढी लाभान्वित

MadhesKhabar

सडकमा प्रदर्शन गर्दै वीरगन्जका डाक्टरहरुले भने : कि सुरक्षा दे, कि विदेश जाने भिसा दे

MadhesKhabar

नारायणी अस्पतालमा एमआरआई सेवा नहुदा बिरामीलाइ समस्या

MadhesKhabar

Leave a Comment