Madhes Khabar
स्वास्थ्य

साउन कट्न दिनुस्, देखाइदिन्छु काम भयो कि भएन : स्वास्थ्यमन्त्री यादव

काठमाडौं,१७ असारः संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आँफुले मन्त्रीको जिम्मेवारी सम्हालेर गरेका कामको परिणाम आगामी साउनपछि देखिने बताएका छन् ।

सोमबार स्वास्थ्य मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले आउँदो साउनपछि अहिलेका कामको परिणाम देखाउने बताएका हुन् ।

स्वास्थ्य क्षेत्रका समस्या समाधानका निम्ति आफूले सूक्ष्म ढंगले काम गरिरहेको उनले जिकिर गरे ।जनतालाई निराश हुन नदिने आफ्नो नीति रहेको उनले बताए ।

सिंहदरबार वैद्यखानालाई पुरानै स्वरूपमा फर्काउने, राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नत्ती,देशका ठूला सरकारी अस्पतालमा जनशक्ति र उपकरण थप लगायतका काम गरिरहेको उनले बताए ।उनले लामो समयदेखि एकै निकायमा रहेका कर्मचारी साउनमा सरुवा गरिने जानकारीपनि गराए ।

उनले भने,‘धेरै कामको रिपोर्ट असार अन्तिममा नै आउँछ । थप सुधारका लागि साउन कट्न दिनुस्, देखाइदिन्छु काम भयो कि भएन,’ ।

Related posts

पर्साको बहुदरमाई नगरपालिकाको बेथिती : जीर्ण भवनबाट स्वास्थ्य सेवा

MadhesKhabar

एल. एस. न्युराे हस्पिटलमा आमा सुरक्षा कार्यक्रम लागु

MadhesKhabar

पूर्ण खोप घोषणा भइसकेको पर्सामा पहिलो पटक भेटिएका जिरो डोजको बच्चालाई लगाइयो खोप

MadhesKhabar

Leave a Comment