Madhes Khabar
स्वास्थ्य

सखुवाप्रसाैनीलाई जिल्लाकै नमुना पालिका बनाउँछु: अध्यक्ष यादव

वीरगन्ज ,१९असार: पर्साकाे सखुवापसाैनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले भ्रामक हल्लाकाे पछाडि नलागी पालिकामा भएका कामकाे मुल्यांकन गरिदिन पालिकावासीसंग आग्रह गरेका छन् ।

मंगलबार आयाेजित सार्वजनिक सुनुवाई कार्यक्रममा आएका गुनासाेहरुकाे जवाफ दिने क्रममा अध्यक्ष यादवले यस्ताे बताएका हुन् ।प्राप्त साेत र साधनकाे भरपुर उपयाेग गरेर कामहरु गरिएको उनले बताए ।

विगतकाे नेतृत्वले ५ वर्षमा गरेकाे काम र आफ्नाे एक वर्षे कार्यकालमा भएका कामकाे मुल्यांकन जनताले गरिरहेकाे भन्दै उनले भने, काम गर्ने क्रममा कमीकमजोरी भएकाे हुनसक्छ आगामी दिनमा त्यसलाई सुधार गरेर अगाडि बढ्छाै । तर अहिले केही व्याक्तिहरुले भ्रष्टाचार भयाे भनेर बजारमा फ‌ैलाएकाे हल्ला निराधार हाे ।

अध्यक्ष यादवले बजेट र साधनस्राेत सिमित भएका कारण सबै क्षेत्र र वडाका सबै समस्या सम्बाेधन गर्न नसकिएको भन्दै अझै चार वर्ष कार्यकाल बाँकी नै रहेकाले निरास नहुन पालिकावासीसंग अनुराेधपनि गरे।

उनले भने, मेराे याे पहिलाे कार्यकालमा सखुवा प्रसाैनी गाँउपालिकालााई जिल्लाकै नमुना पालिका बनाउने प्रण लिएकाे छु, त्याे प्रण पूरा गरेरै छाड्छु ।

उनले आगामी आर्थिक वर्ष भित्रै गाँउपालिका कार्यालय भवनकाे निर्माण कार्य सम्पन्न गरिने, विद्यालयहरुमा विद्यार्थीकाे अनुपातमा शिक्षककाे प्रबन्ध मिलाउने पनि बताए।

 

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयले पालिककाकाे बजेट खर्च पारदर्शी नभएकाे, किसानलाई मल अपुग भएकाे, मल वितरणमा पनि विभेद गरिएको ,दलितका लागि बजेट विनियाेजन नगरिएको लगायतका गुनासाे गरेका थिए ।

यादवकै अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, शिक्षा शाखा प्रमुख नेपालेन्दु साह,सामाजिक विकास शाखा प्रमुख विनाेद यादव, वडाअध्यक्ष माेहम्मद आरिफ अन्सारीका साथै स्थानीयवासी, सन्चारकर्मी लगायतको सहभागीता थियाे ।

Related posts

भाेलि नारायणीसहित देशभरका अस्पतालमा ईमर्जेन्सी बाहेक सेवा ठप्प पार्ने डाक्टरकाे घाेषणा

MadhesKhabar

वीरगन्जमा पनि दिनहु कोरोना संक्रमित भेटिदै

MadhesKhabar

वीरगन्जमा हैजा नियन्त्रणका लागि प्रदेश सरकारले सबै संयन्त्र खटाइसकेको छ : स्वास्थ्यमन्त्री सिंह

MadhesKhabar

Leave a Comment