Madhes Khabar
समाचार स्वास्थ्य

कोरोनाबाट एकैदिन ८१५ संक्रमित थपिए , पाँच जनाको मृत्यु


मधेसखबर
वीरगञ्ज , साउन २६ गते । नेपालमा बिहीबार देशभर २ हजार ४११ पीसीआर तथा २ हजार १२३ एन्टिजेन परीक्षण भएकोमा त्यसमध्ये थप ८ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाईरसको संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोना भाईरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ८२ पुगेको छ।

बिहीबार ४ सय ७६ जना कोरोना संक्रमणमुक्त पनि भएका छन्। योसंगै हाल देशभर ५ हजार ८ सय ६९ कोरोना भाईरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related posts

भ्रष्टचारको समाचार लेख्ने पत्रकारलाई दुर्व्यवहार गर्ने उपमेयरका छोरा सनाउल्लाहविरुद्ध पक्राउ पुर्जी जारी

MadhesKhabar

करेन्ट लागेर ससुरा बुहारी सहित ३ जनाको मृत्यु

MadhesKhabar

बबरमहलमा फुटेको खानेपानीको पाइप मन्त्री यादवकाे निर्देशनमा मर्मत गरियाे

MadhesKhabar

Leave a Comment