वीरगन्ज,२३असोजःविश्व दृष्टि दिवसको अवसरमा वीरगन्जमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट ६८ जना सशस्त्र प्रहरी लाभान्वित भएका छन् ।
नेपाल नेत्र ज्योती सघ पर्साको आयोजनामा वीरगन्जस्थित सशस्त्र प्रहरी बल १३ नम्बर गण मा आयोजित शिविरमा ६८ जना सशस्त्र प्रहरीहरुको आखाँ परीक्षण गरी चश्मा र औषधीपनि वितरण गरिएको संघका सदस्य राजन श्रीवास्तवले जानकारी दिए ।
संघका सभापति भगवती चौधरीको अध्यक्षता आयोजित शिविरमा पर्साका सशस्त्र प्रहरी उपरिक्षक पुरनचन्द भट्टले आफ्नो आँखा परिक्षण गराई शिविरको सुभारम्भ गरेका थिए ।
उक्त शिविरमा सघका उपाध्यक्ष मदन प्रसाद गुप्ता, सचिव सिताराम उपाध्याय, कोषाध्यक्ष दिपिका श्रेष्ठ, महन्थ प्रसाद यादव, गणेश साह, उमेश गुप्ता, सुनिता नेपाल, समित कर्ण, बसन्त गुप्ता लगायतकाको उपस्थिती रहेको थियो ।

