Madhes Khabar
स्वास्थ्य हेडलाइन

कलैया अस्पतालमा कलेजोको उपचार हुने ‘इभीबीएल’ सेवा सुरु

बारा,२४फाल्गुनःबाराको कलैयास्थित प्रादेशिक अस्पतालमा कलेजो बिग्रेर ज्यान जोखिममा परेका बिरामीको ज्यान जोगाउन सकिने जटिल प्रकारको उपचार सेवा ‘इभीबीएल’ सुरु भएको छ । कलेजो खराब भएर घाँटीको नशा फुलेर फुट्न सक्ने अवस्थालाई जोगाउन यो उपचार विधिबाट सेवा दिन सुरु गरिएको हो ।

बिरामीलाई भर्ना नगरी ‘ओपीडी’ बहिरंग सेवाबाटै सोझै ‘इन्डोस्कोपी भेरिसिएल ब्यान्ड लाइजेशन’ गरेर उपचार दिन थालिएको हो ।मंगलबारदेखि पहिलोपटक सुरु गरिएको यो उपचार विधिबाट दुई जना बिरामीले सेवापनि लिइसकेका छन् । कलेजो खराब भएका बिरामीको जुनबेला पनि घाँटीको नशा फुलेर अचानक फुटेर ज्यान जान सक्ने हुँदा त्यसबाट जोगिन सहुलियत शुल्कमा उपचार सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. अजयकुमार गुप्ताले बताए ।

यो सेवा सुरुपछि बिरामीहरु महँगो शुल्क तिरेर वीरगन्ज, काठमाडौं पुगेर सेवा लिने अवस्था अन्त्य भएको अस्पतालका मेसुसमेत रहेका एमडी इन्टर्नल मेडिसिनका डा. गुप्ताले बताए । ‘बिरामी महँगो शुल्क र बाहिर जाने झन्झटबाट मुक्त भएका छन्,’ मेसु डा. गुप्ताले भने, ‘बिरामीलाई एक घण्टा भित्रमा शल्यक्रियामार्फत उपचार गरी घर पठाइएको छ ।’

लामो समयदेखि आधारभुत स्वास्थ्य जाँचको भरमा सञ्चालित ७५ शैयाको कलैया अस्पतालमा अब आधुनिक उपकरणहरुबाट स्वास्थ्य उपचार सेवा दिन थालिएको र सेवा लिने बिरामीको चापसमेत बढेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईंले बताए ।

गत फागुन २ गतेदेखि कलैया अस्पतालमा पेटको सुक्ष्म जाँच गरिने ‘इन्डोस्कोपी’, मृगौला प्रशोधन गरिने हेमोडाइलाइसिस र नवजात शिशुको आइसियू (एसएनसीयू) सेवा सुरु गरिएको थियो ।अस्पतालमा यस अघिबाट पुर्णस्थितीको भेन्टिलेटरसहितको आइस्यू सञ्चालनमा आइसकेको छ । मेडिकल शाखाका अनुसार ८ शय्याको आइसियू सेवासँगै ५ शय्याको डाइलाइसिस, ४ शय्याको नवजात शिशुको आइसियू र इन्डोस्कोपी सेवा दिने गरिएको छ ।

२४औं घण्टा औषधि उपलब्ध हुने फार्मेसीसहितको सुविधा रहेको अस्पतालमा ओपीडी तर्फ दैनिक ५ सय भन्दा बढी बिरामी आउने गर्छन् । र भर्ना गर्नुपर्ने दैनिक कम्तीमा ८० बिरामी भर्ना हुने खालको आउने गरेका छन् । अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकमध्ये २ जना सर्जन, १ जना बालरोग, एक जना प्रसुति र एक जना फिजिसियन छन् । रेडिओलोजिस्ट, अर्थोपेडिक, एनेस्थेसिया र एमडीजीपी एक÷एक जना छन् ।साभारः ईकान्तिपुरबाट

 

Related posts

वीरगन्ज महानगरकाे नीति : ‘वैभव वीरगन्ज’को परिकल्पना साकार पारिने

MadhesKhabar

मौसम विभागले भन्यो : वर्षा गराउने प्रणाली नेपालबाट बाहिरियो

MadhesKhabar

पर्सा-२ मा रास्वपाबाट वडाध्यक्ष सुशील कानुले पाए टिकट

MadhesKhabar

Leave a Comment