काठमाडौं,१९असोजःजल तथा मौसम विज्ञान विभागले बंगालको खाडीबाट विकसित भएर भारत हुँदै नेपाल भित्रिएको यसपटक वर्षा गराउने प्रणाली पूर्वी नेपालबाट बाहिरिएको बताएको छ।
वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भई उघ्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।यद्यपि नेपालबाट मनसुन भने नबाहिरिएको जल तथा मौसम विज्ञान विभागले बताएको छ।
नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ (असोज १६) गतेभए पनि यसपटक केही ढिला गरेर बाहिरिने जल तथा मौसम विज्ञान विभागले आकलन गरेको छ।


