Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज महानगरकाे नीति : ‘वैभव वीरगन्ज’को परिकल्पना साकार पारिने

वीरगन्ज,८असार:वीरगन्ज महानगरपालिकाले ‘वैभव वीरगन्ज’को परिकल्पना साकार पार्ने गरि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शनिबारबाट सुरु भएको महानगरको १५ औँ नगरसभामा महानगरपालिकाका मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि महानगरले लिने नीति तथा कार्यक्रम प्रस्तुत गरे । मेयर सिंहले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा सुन्दर, समुन्नत, समृद्द र वैभवशाली वीरगन्ज निर्माण गर्ने संकल्प र समस्त वीरगन्जवासीको चाहाना बमोजिम वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्द बनाइने उल्लेख छ ।

प्रस्तुत नीति कार्यक्रमको कार्यान्वनले स्वच्छ, सफा, हराभरा र सुन्दर वीरगंज शहरको पहिचान स्थापित गर्दै धार्मिक पर्यटकीय गन्तव्यको रुपमा वीरगन्जजलाई विकसित गर्ने कार्यमा सघाउ पुर्याउने विश्वास लिएको पनि मेयर सिंहले बताए ।

यस्तै आगामी आर्थिक वर्षमा यहाँ रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु विन्दवासिनीमाई मन्दिर, पिपराको नृसिङ्ग मन्दिर र भुटनदेवी मन्दिर निर्माणको कार्य अगाडी बढाउने तथा अन्य मठ मन्दिरको आवश्यकता अनुसार पुनःनिर्माण र सौन्दर्यकरण गर्ने कार्यलाई निरन्तरता दिने महानगरपालिकाले जनाएको छ ।पर्यटन प्रवद्र्धन र आन्तरिक आय बृद्धिका लागि वीरगन्ज १७ र १९ मा पर्ने कोनियामा रहेको सार्वजनिक जग्गामा आधुनीक हरित पार्क सहितको ताल निर्माण गर्ने, वीरगन्ज घण्टाघर नजिकको खाली जग्गामा सार्वजनिक निजी साझेदारि र दातृ निकायसँगको समन्वयमा आधुनिक हरित पार्क निर्माणको कार्यलाई अगाडि बढाउने जस्ता कार्यलाई प्राथमिकता नीति तथा कार्यक्रममा दिइएको छ ।

यस्तै वीरगन्जलाई थप स्वच्छ र सफा बनाउन ‘फोहोर गर्नेले नै सफा गर्दा लाग्ने खर्च’ दिनुपर्ने व्यवस्था आगामी आर्थिक वर्षबाट लागू गरिने पनि उल्लेख छ । बढ्दो खानेपानीको समस्या समाधानका लागि डीप बोरिङ तथा पाइपलाईन विस्तारलाई प्राथमिकता दिँदै यहाँ रहेका पोखरी, इनार तथा कुवाको संरक्षण गर्ने नीति महानगरपालिकाले लिएको छ ।

अधिवेशनमा महानगरपालिकाका उपमेयर इम्तियाज आलम, प्रमुख प्रसाशकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको छ ।

Related posts

आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने

MadhesKhabar

रोहिंग्याहरुको घुसपैठ रोक्न नाकामा कडा निगरानी राख्न पर्साका जेनजी युवाहरुको माग

MadhesKhabar

वीरगन्जकाे मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

MadhesKhabar

Leave a Comment