Madhes Khabar
स्थानिय हेडलाइन

रोहिंग्याहरुको घुसपैठ रोक्न नाकामा कडा निगरानी राख्न पर्साका जेनजी युवाहरुको माग

वीरगन्ज,१४मंसिरःभारतबाट लखेटिएका बंगलादेशी रोहिंग्याहरु विभिन्न नाका हुदैं नेपाल प्रवेश गर्न थालेपछि पर्साका जेनजी युवाहरुले नेपाल–भारत सीमा नाकामा कडाई गर्न माग गरेका छन् ।

पर्साका जेनजी युवाहरुले नेपाल–भारतबीचको खुल्ला सीमाबाट हुने रोहिंग्याहरुको घुसपैठ लगायतका अवैध गतिविधी रोक्न माग गर्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । जेनजी समुह पर्साको नाममा संगठित युवाहरुको एक समुहले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै भारतसंग सीमा जोडिएका पर्साका नाकाबाट हुने घुसपैठ लगायतका गैरकाननूनी गतिविधी रोक्न माग गरेका हुन् ।

८ बँुदे मागसहितको ज्ञापनपत्र बुझाएका जेनजी युवाहरुले नेपाल–भारतबीचको खुल्ला सीमाको दुरुपयोग बढेको र त्यसक्रममा भारतबाट घुसपैठ, मानव तस्करी र संगठित अपराधिक गतविधीहरु बढेकोले त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् ।

जेनजी युवाहरूले पर्साका सबै नाकामा परिचयपत्र जाँच्ने ‘प्रमाणीकरण कक्ष’, सिसिटिभी क्यामेरा र ड्रोनद्वारा डिजिटल निगरानी, नेपाल–भारत संयुक्त गस्ती, ‘शून्य सहनशीलता’ नीति तथा विशेष तस्करी विरोधी अभियान सञ्चालन गर्नपनि माग गरेका छन् ।
आगामी निर्वाचन नजिकिदैं गर्दा सीमामा गैरकानूनी गतिविधीहरु अझ बढ्ने जोखिम रहेको भन्दै उनिहरुले त्यसले नेपालको राष्ट्रिय सुरक्षा र सामाजिक सद्भावमाथि पनि गम्भीर खतरा देखिएको बताएका छन्।

भारतबाट नेपालका नाका हुदैं अवैध रुपमा प्रवेश गर्नेहरुले नेपालमा बसेर आपराधिक गतिविधि गर्ने , यहाँको साम्प्रदायिक सद्भाव बिथोल्ने ,अवैध वित्तीय कारोबारका गतिविधि गर्ने भएकाले यसप्रति स्थानीय प्रशासन र प्रहरीको कडा निगरानी हुनुपर्ने आफुहरुको मागलगरेको जेनजी समुह पर्साका अगुवा विशेष साहले बताए । बंगलादेशबाट लखेटिएर भारतमा बसेका रोहिंग्या समुदायका मानिसहरु पछिल्लो समयमा भारतको सरकारले कडाईगरेपछि भारतबाट भागेर नेपालमा छिर्न थालेको भन्दै यसप्रति नाकामा सुरक्षाकर्मीको निर्मम निगरानी र नियन्त्रण हुनुपर्ने साहले बताए ।

ज्ञापनपत्र बुझदैं पर्साका प्रमुख जिल्ला अधिकारी दाहालले युवाहरूको चिन्ता र चासो जायज रहेको बताए ।प्रजिअ दाहालले युवाहरुले राखेको मागका बारेमा माथिल्लो निकाय(गृहमन्त्रालय)मा जानकारी गराउने प्रतिबद्धतापनि जेनजी समुह पर्साका अगुवा विशेष साहले जानकारी दिए।

 

Related posts

परवानीपुरको कार्यक्रममा प्रधानमन्त्री ओलीले बारा–पर्सावासीलाई पारे निरास

MadhesKhabar

चाडपर्बलाई लक्षित गरी वीरगन्जमा बजार अनुगमन तिब्र बनाउने निर्णय

MadhesKhabar

एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा :वीर्तामा सुबेदी , श्रीपुरमा मगर र पोखरियामा पौडेल आउँदै

MadhesKhabar

Leave a Comment