Madhes Khabar
राजनीति हेडलाइन

पर्साका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (चार वटै क्षेत्रको सुची)

मधेसखबर
वीरगन्ज,०१ कार्तिक : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ ।

विभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन आयोगले पहिलो हुने निर्वाचित प्रणालीतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्चको सीमा तोकेको छ ।

खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको संख्यालाई ६० प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको संख्यालाई २० प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानिएको निर्वाचन आयोगले जनाएको छ ।

पर्साका ४ प्रतिनिधीसभा निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? सूची यस्तो छ ।

पर्सा क्षेत्र नम्बर १ मा प्रतिधिनीसभा सदस्यका लागि प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका उम्मेदवारले अधिकतम २७ लाख रुपैया मात्र खर्च पाउनेछन् ।

यस्तै पर्सा क्षेत्र नम्बर २ र ३ का प्रतिधिनी सभा सदस्यका लागि प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका उम्मेदवारले पनि अधिकतम २७ लाख रुपैया मात्र खर्च गर्न पाउनेछन् । पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवारले भने अधिकतम २९ लाख रुपैया मात्र खर्च पाउने भएका छन् ।

निर्वाचन आयोगले निर्धारण गरेकोे यो खर्च सीमा भन्दा बढि खर्र्च गर्ने उम्मेदवारलाई भने निर्वाचन ऐन अनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

Related posts

माेटरसाइकल दुर्घटनामा पर्साका २ जनाकाे मृत्यु

MadhesKhabar

जित सुनिश्चित भन्दै रामनारायण कुर्मीलाई मतदाताले लगाइ दिए विजयको टिका

MadhesKhabar

संघ सरकारविरुद्ध मधेश सरकारको आन्दोलन सुरु

MadhesKhabar

Leave a Comment