Madhes Khabar
स्थानिय हेडलाइन

माेटरसाइकल दुर्घटनामा पर्साका २ जनाकाे मृत्यु

मधेसखबर
वीरगन्ज ,०९ मंसिर : सर्लाहीको ईश्वरपुरमा मोटरसाईकल दुर्घटना हुँदा पर्सा जिल्लाका २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँके जङ्गलमा बिहीबार राति दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँएका थिए।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार २ जनाको मृत्यु भएको हो।

दुर्घटनामा पर्साकाे मिर्जापुर घर भएका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलाल प्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेलको मृत्यु भएको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए। दुवैको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

दुर्घटनामा सिरहाको करजनहा नगरपालका–११ का ५० वर्षीय चन्देश्वर महतो र उनकी श्रीमती ४५ वर्षीया जयन्तीदेवी महतो घाइते भएकी छन्। घाइते दुवैको लालबन्दी नगरपालिकाको नवलपुरस्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ ।

Related posts

मधेसका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने

MadhesKhabar

कलैयामा छठघाट नजिककाे पाेखरीमा डुबेर एक बालकको मृत्युु

MadhesKhabar

वन मन्त्रालयका काम कारवाहीलाई थप प्रभावकारी बनाउँछौँ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment