Madhes Khabar
राष्ट्रिय हेडलाइन

वन मन्त्रालयका काम कारवाहीलाई थप प्रभावकारी बनाउँछौँ : मन्त्री यादव

मधेसखबर

वीरगन्ज, ३१ साउन : संघीय सरकारका  वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयले गर्दै आएका विकासका काम कारवाहीलाई थप प्रभावकारी बनाइने बताएका छन् ।

मन्त्रालयद्धारा काठमाडौंमा मङ्गलबार आयोजना गरिएको सङ्घीयतामा वन तथा वातावरण : समस्या र समाधानका उपायहरु सम्बन्धी बैठकमा आफ्ना भनाई राख्दै मन्त्री यादवले मन्त्रालयद्वारा गरिँदै आएका विकास निर्माणका काहरुलाई थप प्रभावकारी बनाउँदै देशको अर्थतन्त्रमा योगदान पुर्‍याइने खालका काम र योजनाहरु अघि सारीने बताए ।

उहाँले भने, “वन तथा वातावरण मन्त्रालयको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने खालका योजनाहरु अघि सारीने छ, स्वदेशको काठ उत्पादनलाई बढाउने र विदेशी काठ आयातलाई प्रतिस्थापन गरिने छ ।”

आगामी तिन वर्षभित्र नेपालमा काठ आयातलाई पूर्णरुपले अन्त्य गर्ने हिसाबले काम अगाडि बढाउँन मन्त्री यादवले कर्मचारीहरुलाई निर्देशन पनि दिए । उन ले नेपाल सरकारका मन्त्रालय र मातहातका निकायहरुमा समेत नेपालका वन जङ्गलको काठ प्रयोग गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

यसैगरी मन्त्री यादवले सात वटै प्रदेशका मन्त्रालयहरुसँग समन्वय गरेर समग्रमा वन, जङ्गल र वन्यजन्तुको संरक्षण तथा प्रवद्धन गर्न, मानव र वन्यजन्तुका विच हुने द्वन्द्वलाई सधैका लागि अन्त्य गर्न आवश्यक समाधान खोजिने जानकारी दिए ।

यादवले मन्त्रालयमा भएका विभिन्न कानूनी अड्चनहरुको निक्र्योल निकाल्न र मुख्यतः यस क्षेत्रमा लामो समयदेखि काम गरिरहनु भएका कर्मचारीहरुसँग उहाँहरुका अनुभव साझा गर्दै आगामी दिनको कार्यदिशा तय गरिने बताए। उनले कार्यक्रममा आएका कुराहरुको सुझावहरुलाई आफुले गम्भीरतापूर्वक लिई कार्यान्वयमा ल्याइने जानकारी गराए ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. पेम नारायण कँडेल, सात वटै प्रदेशबाट सम्बन्धित मन्त्रालयका सचिव र कर्मचारी, मन्त्रालय मातहातमा रहेका विभिन्न महाशाखा र विभागका कर्मचारीहरुको सहभागिता थियो ।

Related posts

वीरगन्जको बाल सुधार गृह : सुधार हुँदैछ व्यवस्था, उज्यालिँदैछ बालकहरूको भविष्य

MadhesKhabar

ओलीसहित ५ जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय

MadhesKhabar

पर्साका किसानलाई खेतमै तालिम

MadhesKhabar

Leave a Comment