
बारा,२१साउन:बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुरमा बुधबार दिउँसो पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका- ३ गंगापुरका रामईश्वर साहका ७ वर्षीय छोरा सञ्जीत साह रहेकाे प्रहरीले जनाएको छ।
घर नजिकैको छठघाटस्थित पोखरीमा डुबेर बालकको मृत्यु भएको हो । बालक पोखरीमा डुबेको देखेपछि स्थानीयले तत्कालै उद्धार गरी अस्पताल लगेका थिए ।
बालकलाई उपचारका लागि कलैयास्थित आशिर्वाद अस्पतालमा लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए।

