Madhes Khabar
राजनीति

प्रदीप यादवलाई समर्थन गर्दै वीरगन्ज–२१ का वडाध्यक्ष रौनियारसहितका जनप्रतिनिधि एमाले प्रवेश

वीरगन्ज,२४ माघ :पर्सा क्षेत्र नमबर १ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारसहित जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरेका छन् ।रौनियार, २०७९ को स्थानीय तह निर्वाचनमा तत्कालिन लोसपाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । हाल उनि जसपा नेपालमा आबद्ध थिए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा शनिबार आयोजित नेकपा एमालेको कार्यक्रममा वडाध्यक्ष रौनियार, वडा सदस्यहरु बच्चा महतो, कृष्णा दास लगायतका नेताकार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा उनिहरुलाई पर्सा–१ का एमाले उम्मेदवार प्रदीप यादवले अबीर टीका लगाएर पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले देश विकास, सुशासन र समृद्ध नेपालको साझा लक्ष्यलाई आत्मसात गर्दै आएका नेताकार्यकर्ताको आगमनले एमालेको संगठन थप बलियो बनेको बताए। यादवले पार्टीभित्रको एकता, सामूहिक प्रयास र दृढ संकल्पका माध्यमबाट जनताको विश्वासलाई सार्थक बनाउँदै राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य विजय सरावगी, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, नेता सुन्दर कुर्मी लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

पर्सामा रास्वपाबाट पन्त, चौरसिया र शाक्यले पाए टिकट ,क्षेत्र नम्बर २ को भने अझै भएन फाइनल

MadhesKhabar

रास्वपा सभापति रवि लामिछानेको पक्षमा ३२ लाखले गरे हस्ताक्षर, ६२ लाख चन्दा संकलन

MadhesKhabar

तनँहु छाडेर बारामा चुनाव लडेका किसान श्रेष्ठसंग आयोगले सोध्यो स्पष्टीकरण

MadhesKhabar

Leave a Comment