Madhes Khabar
राजनीति

पर्सा १ का मतदाता भन्छन् : प्रदीप यादवको कामबाट हामी सन्तुष्ट छौ

मधेसखबर
वीरगन्ज,१६ कार्तिक : पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले गठबन्धनले चुनावी घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै मतदातासंगको भेटघाटलाई अझ तिब्र पारेको छ ।

जसपा–एमालेका नेता कार्यकर्ताहरुसंगै प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले बुधबार वीरगन्ज महानगरपालिका वडा नम्बर ८ र वडा नम्बर ३० लालपर्सामा पुगेर मतदातालाई भेटेर उनिहरुको समस्या र गुनासा पनि सुनेका छन् ।

त्यसक्रममा त्यहाका मतदाताले विगतमा जितेर माननीय प्रदीप यादवले गरेका कामबाट आफुहरु सन्तुष्ट भएको र गर्नु पर्ने थप कामहरु पुरा गराउनका लागि फेरि पनि यादवलाई नै अवसर दिने सोचमा आफुहरु रहेको प्रतिक्रिया दिए ।

मतदाताहरुसंगको भेटघाटमा जसपाका प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले पनि पाँच वर्षको कार्यकालमा आफु जनता माझ रहेर हरेक दुखसुखमा साथ दिदै आएकोले नै त्यसैको मुल्यांकन अहिले जनताले गरिरहेको प्रतिक्रिया सन्चारकर्मीलाई दिए ।
उनले भने ,‘ मतदातासंग म फेरि पनि आग्रह गर्छु आश्वासन बाँड्नेलाई होइन , जो तपाइहरुको बिचमा रहेर काम गरेको छ उसैलाई अवसर दिनु होला ।

विगतमा पदमा रहेर पटक पटक लाभ लिइसकेकाहरु अहिले जनताको बिचमा पुगेर आफु निष्ठावान र इमान्दार भएको ढोल बजाउदै हिडेको भएपनि जनताले उनिहरुको विगत र वर्तमान बुझीसकेको यादवले बताए ।

यादवले मधेस र मधेसीलाई शोषण गर्दै आएकाहरुबाट सतर्क रहन पनि मतदातालाई आग्रह गरे । बुधबारको चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

Related posts

बारा २ मा जनताले गठबन्धनको सिण्डिकेट तोड्छन् : एमाले उम्मेदवार पौडेल (अन्तरवार्ता)

MadhesKhabar

पर्सा ४ मा काँग्रेसको चुनावी गतिविधी तिब्र , रिजाल प्रति जनलहर बढ्दै

MadhesKhabar

ओलीको आरोप: ‘प्रचण्ड र माधव नेपालले साम्प्रदायिक हिंसा भड्काउँदै छन्’

MadhesKhabar

Leave a Comment