Madhes Khabar
राजनीति हेडलाइन

गठबन्धनमा लोसपाले ८ सिट लिने सहमति , पर्सा १ बारे छलफल जारी

मधेसखबर
वीरगन्ज,२२ असोज : सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभाका ८ र प्रदेशसभा तर्फ १६ सिट पाउने भएको छ । शनिबार बिहानदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको नेपाली कांग्रेस र लोसपाका नेताहरुबीचको छलफलले लोसपाले प्रतिनिधिसभाका ८ सिट र प्रदेशसभाका १६ सिट लिने गरी सहमति जुटाएको हो ।

तर लोसपाले कुन–कुन क्षेत्र लिने भनेर अझै छलफल जारी नै रहेको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । जसका कारण पर्साको क्षेत्र नम्बर १ कसले लिने भन्ने अझै टुङगो लागि सकेको छैन । पर्साका ४ प्रतिनिधीसभा क्षेत्र मध्ये २ , ३ र ४ काँग्रेसले लिने लगभग पक्का भइसकेको भए पनि पर्सा १ का बारेमा दुवै दल बिच अहिले पनि छलफल जारी नै छ ।

नेता कर्णले भने ,‘ गठबन्धनमा हामीले प्रतिनिधिसभाका ८ र प्रदेशसभाका १६ सिट लिने सहमति भएको छ , हामीले रोजेर सिट लिन्छौं, बाँकी उहाँहरुले उम्मेदवार उठाउनुहुन्छ,’ ।

सत्ता गठबन्धनमा लोसपा सहित कांग्रेसले प्रतिनिधिसभाका ९८ सिट पाएको थियो । लोसपालाई ८ सिटमा मनाएपछि कांग्रेसको भागमा अब ९० सिट परेको छ ।

गठबन्धनमा नेकपा माओवादी केन्द्रले ४७, नेकपा एकीकृत समाजवादीले १९ र राष्ट्रिय जनमोर्चाले २ सिट लिएर सहमति भइसकेको छ । साभार :कान्तिपुर

Related posts

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

MadhesKhabar

भुटानी शरणार्थी प्रकरणका दोषी कुनै पनि हालतमा छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

MadhesKhabar

प्रभु साह भन्छन् : कम्युनिष्ट पार्टी दलाल , तस्कर र माफियाले चलाएका छन्

MadhesKhabar

Leave a Comment