Madhes Khabar
राजनीति

भुटानी शरणार्थी प्रकरणका दोषी कुनै पनि हालतमा छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

गोरखा, ७ जेष्ठ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा बिनापूर्वाग्रह स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान अघि बढेको बताएका छन् ।आइतबार प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त प्रकरणका दोषी र अपराधी कुनै पनि हालतमा नछुट्ने बताए ।

‘निष्पक्ष ढंगले बिनापूर्वाग्रह स्वतन्त्र ढंगले अनुसन्धान पक्रिया अघि बढाउन नेपाल प्रहरीलाई स्पष्ट निर्देशन दिएका छौ,’ उनले भने,‘निर्दोष कोहीलाई उसको सामाजिक प्रतिष्ठामा आँच आउने गरी अनावश्यक दुःख दिने गरी तानिने काम हुँदैन, दोषी र अपराधी कुनै पनि हालतमा छुट्दैनन्, यही दृष्टिकोण र मान्यताको आधारमा अघि बढेका छौँ ।’भ्रष्टचारविरुद्धको अभियानलाई व्यवस्थित रुपमा अघि बढाउने सरकारको महत्त्वपूर्ण कार्यसूची रहेको उनले बताए ।

‘आफ्नै देशका नागरिकलाई अनागरिक बनाउँदै अर्को देशको शरणार्थी बनाएर विदेश पठाउने षड्यन्त्र गरेर पैसा आर्जन गर्ने, सम्पत्ति आर्जन गर्ने धन्दा भयो,’ उनले भने, ‘यस कार्यमा संलग्नलाई तथ्य र प्रमाणको आधारमा अनुसन्धान अघि बढाएर कानुनको दायरामा ल्याउने प्रक्रिया अघि बढिसकेको छ ।’

नेपाल प्रहरीको प्रतिष्ठा र गौरवलाई नयाँ उचाइमा पु¥याउने गरी अब भ्रष्टाचार र अपराधी नियन्त्रणका गतिविधि अघि बढ्ने श्रेष्ठले बताए ।सरकार भ्रष्टचारविरोधी कारबाहीलाई अघि बढाउन प्रतिबद्ध रहेको र यो प्रक्रियामा कोही निर्दोष नफस्ने र कोही दोषीले छुट्कारा नपाउने श्रेष्ठले बताए । साभार : कान्तिपुर

 

Related posts

पर्सा ३ मा डा. मधुलाई जिताउन जसपा–एमालेका नेता कार्यकर्ता एकजुट

MadhesKhabar

जसपाद्धारा पर्सा-४ बाट प्रत्यक्षमा युवा नेता तबरेज अहमदको एकल नाम सिफारिस

MadhesKhabar

उपेन्द्र यादव सामु कार्यकर्ताको आक्रोश : एमालेसंगको गठबन्धनले जसपालाई घाटा भयो

MadhesKhabar

Leave a Comment