Madhes Khabar
राजनीति

पर्सा ३ मा डा. मधुलाई जिताउन जसपा–एमालेका नेता कार्यकर्ता एकजुट

मधेसखबर
वीरगन्ज,२१ कार्तिक : पर्सा क्षेत्र नम्बर ३ मा जसपा–एमाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन दुवै दलका नेता कार्यकर्ताहरु कम्मर कसेर लागेका छन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजकुमार गुप्तासँगै प्रदेशसभा सदस्यमा पर्सा ३ (ख ) की उम्मेदवार डाक्टर मधु गुप्ता कुर्मी र ३ (क) का एमाले उम्मेदवार मञ्जुर आलमलाई जिताउन जसपा–एमालेका नेताकार्यकर्ताहरु लागि परेका हुन् ।

प्रदेशसभा सदस्य उम्मेदवार डाक्टर मधुले पर्सा क्षेत्र नंबर ३ मा जसपा एमालेका साझा उम्मेदवारको जीत नै जिल्लाको विकासको आधार भएको बताइन् ।जसपा नेता हरिनारायण रौनियारले पर्सा ३ को विकासका लागि यो क्षेत्रबाट जसपा–एमाले तालमेलका नेताहरुको जितको खाँचो रहेको औंल्याए ।
जसपा केन्द्रीय सदस्य सल्मा खातुनले चुनावी तालमेल चुनावसम्म मात्रै नहुने भन्दै विकास र समृद्धिको लागि जसपा र एमालेबीच सहकार्य हुने स्पष्ट पारिन् ।नेकपा एमालेका नेता शिव पटेलले विपक्षी दलका उम्मेदवारको हार निश्चित भएको भन्दै मतदातालाई एमाले र जसपा गठबन्धमा भोट हाल्न आग्रह गरे ।

Related posts

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसंग सम्बन्धित बाँकी काम छिटै टुंगिन्छ : मन्त्री चौरसिया

MadhesKhabar

मतदातासंग रामनारायण कुर्मीको आग्रह : आश्वासन बाड्नेलाइ होइन काम गर्नेलाई चुन्नु होला

MadhesKhabar

पर्सामा जसपाको विवाद समाधान गर्न प्रदेश अध्यक्ष यादवको अध्यक्षतामा कार्यदल गठन

MadhesKhabar

Leave a Comment