Madhes Khabar
राजनीति

नेताहरुको घर जलाएपनि कांग्रेसको रथ रोकिनेवाला छैन :अजय चौरसिया

वीरगन्ज,२०माघःपर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले कांग्रेस र कांग्रेसका नेतमाथि जतिसुकै आक्रमण गरेपनि कांग्रेस बिचलित नहुने बताएका छन् ।

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ मा मंगलबार आयोजित कांग्रेसको वडास्तरीय भेलालाई सम्बोधन जेनजी आन्दोलनका बेला घुसपैठ गरेकाहरुले आफ्नो घरमा लुटपाट र आजगनी गरेर खरानी बनाएको भन्दै उनले भने,‘कांग्रेस र कांग्रेसका नेतामथि जतिसुकै आक्रमण गरेपनि , हाम्रा घर जलाएका कारणले कांग्रेसको रथ रोकिनेवाला छैन । रोकिदैन पनि । यसले कांग्रेस र मलाई अझ दृढ संकल्पका साथ अगाडि बढ्ने प्रेरणा दिएको छैन ।’

राणा र राजाका विरुद्ध लागेर बिपी कोइराला, गणेशमान सिंह,सुवर्ण शम्शेर राणा,महेन्द्रनारायण निधि लगायतका अग्रज नेताहरुले प्रजातन्त्रको बिगुल फुक्दा जेलमा कोच्दापनि कांग्रेस बिचलित नभएको उनले स्मरण गराए । उनले भने,‘ राणा र राजाले कांग्रेसीहरुलाई जेलनेलमा कोच्दा त कांग्रेस सक्किएन, अहिले घर जलाउँदैमा कांग्रेस सक्किन्छ भन्ने नसोचे हुन्छ ।

कांग्रेसको इतिहासबारे अहिलेको नयाँ पुस्तालाई जानकारी गराउन आवश्यक रहेको भन्दै पूर्वमन्त्रीसमेत चौरसियाले भने,‘
आगामी निर्वाचनबाट कांग्रेस सभापति गगन थापा प्रधानमन्त्री बन्न गइरहेको दाबीपनि उनले गरे । भन्दै उनले भने,‘ गगन थापा प्रधानमन्त्री बने लगत्तै उहाँलाई म पर्सामा ल्याउँछु । औरहीया,झबराहा,बढ्निहार, सबैयाका सुकुम्बासीका समस्या उहाँलाई सुनाउनुछ । समस्या सुनाउनेमात्र होइन, समाधानपनि गराउने काम गराउनुछ ।’

निर्वाचनबाट नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्ने दाबी गर्दै चौरसियाले पर्सा–२ मा बाँकी र अधुराका विकास निर्माणका कामहरु पुरा गर्ने वाचापनि गरे ।

उक्त भेलामा मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, पर्सागढी नगरपालिकाका पूर्वमेयर लोकनारायण यादव , कांग्रेस नेताहरु वीरेन्द्रलाल नेपाली , मदन यादव,मणिन्द्रलाल श्रेष्ठ नेपाली लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

नारायणी अस्पताललाई मेडिकल कलेज बनाउने पनि मेरो एजेण्डा हो – प्रदीप यादव

MadhesKhabar

जसपा पर्साका चारै जना क्षेत्रीय अध्यक्षहरु भन्छन् : हामी सबै यादवकै साथमा छौं

MadhesKhabar

पर्साका कांग्रेस सभापति क्षेत्री भन्छन् : अब पार्टी भित्र अनुशासनहिनता सह्य हुदैन

MadhesKhabar

Leave a Comment