
वीरगन्ज,२० साउन : पर्सामा जनता समाजवादी पार्टी (जसपा ) निकट समाजवादी मुस्लिम संघको जिल्ला कार्यसमिति गठन गरिएको छ ।शनिबार वीरगन्जमा आयाोजित भेलाले सलिम मियाँ अन्सारीको अध्यक्षतामा ५१ सदस्यीय समाजवादी मुस्लिम संघको जिल्ला कार्यसमिति गठन गरेको हो ।
संघको उपाध्यक्षमा कलाम मन्सुरी र सदाम हुसेन, सचिवमा तबरेज खान, उपसचिवमा मकसुद मियाँ, कोषाध्यक्षमा हुसन नेहरा खातुन तथा सदस्यहरुमा अख्तर मिया, शेख कमरुल लगायतका रहेका छन् ।
भेलामा बोल्दै समाजवादी मुस्लिम संघ केन्द्रिय अध्यक्ष नुरुलहोदा देवानले मुस्लिम समुदायका लागि निर्विल्कप पार्टी जसपा नै भएको बतााए । जसपामा मुस्लिमलाई पुर्णरुपमा समानुपातिक र समावेशी हिसाबले प्रतिनिधित्व गराइएको उनले बताए ।
जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले भातृ संगठनहरु पार्टीको मेरुदण्ड भएकाले मेरुदण्डलाई बलियो र सश्क्त बनाउने अभियानमा जसपा पर्सापनि लागी परेको बताए ।
भेलामा जसपाका केन्द्रीय सल्लाहकार खलिल मियाँ, जसपाका जिल्ला उपाध्यक्ष नागेन्द्र यादव, कोषाध्यक्ष शर्मिला बिष्ट महतो, मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष हसमुदिन देवान, सखुवाप्रसौनी गाँउपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल, छिपहरमाइ गाँउपालिकाका पार्टीका अध्यक्ष इग्रासन सा कलवार, प्रदेश सदस्य दिपक यादव, कार्यकारीणि समिति सदस्य शेष खुर्सेद, जसपा जिल्ला सदस्य मुमताज देवान लगायतकोपनि उपास्तिथी रहेको जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए।

