Madhes Khabar
राजनीति

२०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन

काठमाडौं,२वैशाख: सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ ।

पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।

२०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकल प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन् ।

Related posts

प्रचण्ड विरुद्ध उम्मेद्बारी दिन्छु : काँग्रेस नेता घिमिरे

MadhesKhabar

वीरगन्जमा पनि कांग्रेसले मनायो ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’

MadhesKhabar

जसपा नेपाल पर्सागढीको सम्पूर्ण कमिटी जसपामा प्रवेश,उपमहासचिव यादवले गरे स्वागत

MadhesKhabar

Leave a Comment