वीरगन्ज,९भदौं :आगामी फाल्गुनमा हुने भनिएको स्ववियु निर्वाचनका लागि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा नेविसंघ जुटेको छ ।ठाकुरराम बहुमुखी क्याम्पसमा विगत १५ वर्ष यता स्ववियु निर्वाचन हुन सकेको छैन । तर यस वर्ष आगामी फाागुन २५ गते त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गर्ने तयारी गरेपछि ठाकुरराम क्याम्पसले नेविसंघले सकृयता बढाएको छ ।
यसैक्रममा आइतबार क्याम्पसमा नेविसंघको बैठक सम्पन्न भएको छ । बैठकमा नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारीले लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा त्रिविको शैक्षिक क्यालेण्डर अस्तव्यस्त बनेको र विद्यार्थीले आफ्नो हकअधिकार प्रयोग गर्न नपाएको बताए।स्ववियु निर्वाचन नहुँदा राजनीतिक दल र मुलुकलाई नै घाटा भएको भभन्दै उनले स्ववियु निर्वाचन नहुँदा शैक्षिक आन्दोलनलाई नोक्सान हुनुका साथै विद्यार्थीका हक अधिकार उठाउने ठाउँ नभएको बताए।
बैठकमा सहभागी विद्यार्थीहरुले ठाकुरराम बहुमुखी क्याम्पसको अवस्था दिनप्रतिदिन अवस्था नाजुक हुदै गएको बताए ।क्याम्पसको अवस्थामा सुधार ल्याउन र शैक्षिक गुणस्तर उकास्नका लागिपनि स्ववियु चुनाव आवश्यक रहेको भन्दै उनिहरुले आगामी स्ववियु चुनावमा नेविसंघको पक्षमा माहौल बनाउनु पर्नेमा जोड दिए ।
नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारीको प्रमुख आतिथ्यतामा भएको बैठकमा विद्यार्थी नेता राजु यादव,राहुल दास,रुपेश साह,इम्तियाज हुसैन लगायतकोपनि सहभागीता थियो।

