Madhes Khabar
राजनीति

पर्सामा जसपाको जिल्ला कार्यसमितिले पयो पूर्णता, जिल्ला उपसचिवमा कानु मनोनित

वीरगन्ज, ५ असार : जनता समाजवादी पार्टी (जसपा ) नेपाल पर्साले रिक्त रहेको पदहरु पुर्ति गर्दै जिल्ला समन्वय समिति(जिल्ला कार्यसमिति) लाई पूर्णता दिएको छ ।

जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको उपाध्यक्ष , कोषाध्यक्ष र उपसचिव पदमा नयाँ मनोनित गर्दै जिल्ला कार्यसमितिलाई पूर्णता दिएको हो ।

जसअनुसार जिल्ला उपाध्यक्षमा अजय चौरसिया, नागेन्द्र प्रसाद यादव र मिथिलेश सिंह, उपसचिवमा सुशील साह कानु , नूर आलम अन्सारी र सुनिल कुशवाहा तथा कोषाध्यक्षमा शर्मिला विष्टलाई मनोनित गरिएको जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए । यस्तै रिक्त रहेका २० सदस्य पदमा पनि विभिन्न पालिकाबाट पार्टीका नेताहरुलाई मनोनित गरिएको उनले बताए ।

रिक्त रहेका पदाधिकारी र सदस्यहरुमा मनोनित गरि ९७ सदस्यिय जिल्ला कार्यसमिति पुर्नगठित गरिएको अहमदले जानकारी दिए ।

Related posts

पर्सा २ मा चौरसियाको पक्षमा माहोल बन्दै , एकजुट भएर लाग्ने गठबन्धनको प्रतिबद्धता

MadhesKhabar

मधेसी जनताको चाहना अनुसार जसपा नेपालसंग एकता गरेका हौं : पूर्वमन्त्री प्रदीप यादव

MadhesKhabar

जसपाकाे मधेस प्रदेश अध्यक्षमा बालकिशाेर यादव

MadhesKhabar

Leave a Comment