Madhes Khabar
राजनीति हेडलाइन

मधेसी जनताको चाहना अनुसार जसपा नेपालसंग एकता गरेका हौं : पूर्वमन्त्री प्रदीप यादव

वीरगन्ज,१४पुसःजनता समाजवादी पार्टी (जसपा) का निवर्तमान उपमहासचिव तथा पूर्वमन्त्री यादवले मधेस आन्दोलनका उपलब्धिहरु रक्षाका लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसंग पार्टी एकता गरेको बताएका छन् ।

सोमबार जसपाकी सहअध्यक्ष रेणु यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै पार्टीबीचको एकताको सहमतिपत्रमा हस्ताक्षर भएसंगै पूर्वमन्त्री यादवले उक्त प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै पूर्वमन्त्री यादवले मधेस आन्दोलनको उपलब्धिको रुपमा रहेको संघीयता,गणतन्त्रको सरक्षण एंव सम्बर्धन तथा मधेस र मधेसी जनताको अधिकार सुनिश्चित्तताका लागि बदलिदो राजनैतिक परिवेशमा जनता समाजवादी नेपाल र जनता समाजवादी पाटी बीचको एकता अपरिहार्य रहेकोले मधेसी जनताको चाहना र जनअपेक्षालाई शीरोधार्य गरी एकता गरिएको बताएका छन् ।

 

Related posts

वीरगन्जको स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतले लगायो रोक

MadhesKhabar

नारायणी रंगशालाको पुर्ननिर्माण गरिदिन खेलकुद मन्त्री श्रेष्ठसंग वीरगन्जबासी र मेयर सिंहको आग्रह

MadhesKhabar

बालेन र सुदनलाई पक्राउ गरेर कारबाहीको माग गर्दै पर्सामा पनि युवा संघले प्रहरीमा दियो जाहेरी

MadhesKhabar

Leave a Comment