Madhes Khabar
राजनीति

जसपाकाे मधेस प्रदेश अध्यक्षमा बालकिशाेर यादव

जनकपुरधाम,२९माघ:जनता समाजवादी पार्टी (जसपा) काे मधेस प्रदेश अध्यक्षमा बालकिशोर प्रसाद यादव चयन भएका छन् ।

यसअघि रामबाबु यादवको अध्यक्षतामा रहेको कमिटी भंग गरेपछि अर्को अध्यक्ष चयन गर्ने जिम्मेवारी जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पाएका थिए । उनले नै बालकिशोर यादवलाई अध्यक्षमा चयन गरेका हुन् ।

पार्टीको नयाँ विधान अनुसार प्रदेश कमिटी ५१ सदस्य रहने छ । त्यसमध्ये १७ जना कार्यकारिणी सदस्य रहने प्रावधान रहेको छ । अध्यक्षसहित १७ जनाको कार्यकारिणी सोमबार नै गठन गरिएको जसपा मधेस प्रदेश कमिटीका निवर्तमान कोषाध्यक्ष रेनु यादवले बताइन् ।

अध्यक्ष बालकिशोर यादव स्वास्थ्य क्षेत्रमा अधिकृतको जागिरे थिए । २५ वर्षसम्म जागिर खाएका उनी हाल राजीनामा दिएर प्रदेश कमिटी अध्यक्ष भएका हुन् ।उनी यसअघि मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको अध्यक्ष थिए ।

Related posts

रवि लामिछाने काठमाडौंमा पनि ६० लाख धरौटी बुझाएर रिहा

MadhesKhabar

जसपाले टिकट नदिएपछि शहिद पत्नि विनिताद्धारा वडा अध्यक्षमा उम्मेदवारी

MadhesKhabar

पार्टीको नीति विपरित गतिविधि गर्नेलाई कारबाही गर्ने एमाले पर्साका अध्यक्ष शर्माको चेतावनी

MadhesKhabar

Leave a Comment