Madhes Khabar
मनोरञ्जन हेडलाइन

वीरगन्जमा सञ्चालनमा आयाे मधेस प्रदेशकै पहिलाे क्युएफएक्स सिनेमा हल

वीरगन्ज,२३कार्तिक:वीरगन्जमा मधेस प्रदेशकै पहिलो र एक मात्र मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा आएको छ ।

वीरगन्जको आदर्शनगरस्थित “स्काइलाइन” बहुउद्देश्यीय मलमा नेपालकै सर्वोत्कृष्ट क्युएफएक्ससँगको सहकार्यमा मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा आएको हो ।

काठमाडौँ, पोखरा लगायत देशका अधिकांश ठूला सहरमा पहिल्यै स्थापित क्युएफएक्सले वीरगन्जको स्काइलाइन मल मार्फत मधेस प्रदेशमा प्रवेश लिएको हो ।

मल्टिप्लेक्स सिनेमा हलको बिहीबार पुर्व वनमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले समुद्घाटन गरेका हुन् ।सांसद यादवले सञ्चालनमा आएकाे मल्टिप्लेक्स सिनेमा हलले सुस्ताएको वीरगन्ज बजारमा आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।सुबिधा सम्पन्न मल्टिप्लेक्सको सुबिधा लिन काठमाण्डौ नै पुग्नु पर्ने बाध्यता अब हटेको भन्दै उनले वीरगन्जबासीले आफ्नै स्थानमा त्यो सुबिधा उपभोग गर्न पाउनु खुसीको कुरा भएको बताए ।

बिहीबारदेखि संचालनमा ल्याइएको मलमा रहेको क्यूएफएक्स सिनेमा हलमा तिन वटा छुट्टाछुट्टै अडीटोरियम स्क्रिनहरू छन् । जहाँ एकै पटक तिन वटासम्म चलचित्र देखाउन सकिने सञ्चालकहरूले जनाएका छन् । कूल ३ सय ८२ सिट सङ्ख्या रहेको हलका दुई वटा अडीटोरियममा रिक्लाइनर सिट पनि छ ।

सिनेमाको उत्कृष्ट अनुभव दिनका निमित्त अडीटोरियमहरूमा डल्बी साउण्ड सिस्टम जडान गरिएको छ भने एट्मस डल्बी सुविधा समेत रहेको छ । दर्शकहरूले क्यूएफएक्स वीरगन्जमा टिकट बुक गर्न क्यूएफएक्सको आधिकारिक एप, वेबसाइटको प्रयोग गर्न सक्ने छन् भने खल्ती वालेटबाट पनि टिकेट बुकिङको सुविधा रहेको छ । त्यस्तै मलकै पहिलो तल्लामा रहेको बक्स अफिस काउन्टरबाट पनि टिकट बुकिङ गर्न सकिने सुविधा रहेको छ ।

Related posts

सिर्सिया नदिलाई प्रदूषीत बनाउने उद्योगहरुलाई कारबाही गर्न सांसद यादवको माग

MadhesKhabar

वीरगन्ज महानगरले ल्यायाे ३ अर्ब २१ करोडकाे बजेट

MadhesKhabar

सप्तरीबाट मधेस प्रदेशमा सिके राउतकाे खाता खुल्याे

MadhesKhabar

Leave a Comment