Madhes Khabar
राजनीति

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं,२जेठःराप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको हो ।

उक्त आदेशसंगै ५० दिनदेखि प्रहरी हिरासतमा रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको छ । गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै त्यही दिन बेलुका मिश्रलाई पक्राउ गरेको थियो ।उनलाई प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो ।

Related posts

काँग्रेसले नै मधेस र देशको हित गर्छ : रमेश रिजाल

MadhesKhabar

एमाले नेता महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

MadhesKhabar

ओली र लेखकविरुद्ध प्रहरीले जाहेरी नलिएपछि आक्राेशित सुधन गुरुङले भने : ‘सडकबाटै देखाइ दिन्छौ ’

MadhesKhabar

Leave a Comment