Madhes Khabar
राजनीति

एमाले नेता महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौं,१६चैत:नेकपा एमालेका सचिव महेश बस्नेतविरूद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी दिन अस्वीकार गरेको छ।

सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले बस्नेतविरूद्ध पक्राउ पुर्जी माग गरी अदालतमा पुगेको हो। अदालतले पुर्जी दिन अस्वीकार गरेको छ।

बस्नेतबाट पीडित भएको भन्दै शोभा पाठकले आइतबार परिसरमा पुन: जाहेरी दिएकी थिइन्। पाठकले आफूमाथि बस्नेतले जबरजस्ती करणी गरेको र भ्रूण हत्या समेतको आरोपमा जाहेरी दिएकी थिइन्।

उक्त जाहेरीमाथि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो।

त्यही निर्णयलाई सदर गर्ने/नगर्ने भन्ने विषय उच्च सरकारी वकिल कार्यालय पाटनमा विचाराधीन छ।

उच्च सरकारी वकिलमा विचाराधीन नै रहेको बताउँदै जिल्ला अदालत काठमाडौंले उक्त विषयवस्तु टुंग्याउन भनी मिसिल फर्काएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

`तामेलीको निर्णय जिल्लाबाट उच्च सरकारी वकिलकोमा पुगेको हो। उच्चमा विचाराधीन नै रहेकाले जारी भएन। त्यहाँको निर्णय अनुसार थप प्रक्रिया अघि बढ्छ,’ उनले भने।

Related posts

ठाकुरराम क्याम्पस: हार्ने डर भएपछि पार्टीका नेताहरुले नै स्थगीत गराए स्ववियु निर्वाचन

MadhesKhabar

जसपा पर्सा अध्यक्षकाे जिम्मेवारी युवा नेता तबरेज अहमदले पाए

MadhesKhabar

म एमालेमा प्रवेश गर्ने हल्ला भ्रामक हाे, त्यसमा कुनै सत्यता छैन : पूर्वमन्त्री प्रदीप यादव

MadhesKhabar

Leave a Comment