वीरगन्ज,३१असारःखानेपाानीको चरम संकटमा परेको वीरगन्ज महानरसहित पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी विशेष राहतको प्याकेज उपलब्ध गराउन पर्सामा सकृय आठ राजनीतिक दलले संघ सरकारसंग माग गरेका छन् ।
मंगलबार वीरगन्जमा बसेको राजनीतिक दलहरुको सर्वदलीय बैठकले वीरगन्ज महानरसहित पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी विशेष राहतको प्याकेज उपलब्ध गराउन संघ सरकारसंग माग गर्ने निर्णय गरेको हो । साथै मधेस प्रदेश सरकारसंगपनि विशेष राहतको प्याकेजका लागि माग गर्ने निर्णय भएको बैठकमा सहभागी नेकपा एमाले पर्साका सचिव महेश दासले जानकारी दिए।
विगत एक महिना यता वीरगन्ज महानगरसहित पर्सा जिल्लाभरि नै खडेरी र चापाकलहरु सुकेर खानेपानीको चरम अभाव हुदाँ जनजजीवनै बिथोलिएको छ ।
मंगलबारको सर्वदलीय बैठकले पानीको संकटको समस्या समाधानका लागि वीरगन्ज महानगरपालिका, वीरगन्जीसथत नेपाल खानेपानी संस्थानसहित सम्बन्धित सरोकारवला कार्यालयममा दलहरुको संयुक्त टोली पुगेर छलफल गर्ने निर्णय पनि गरेको छ । यस्तै वीरगन्ज महानगर क्षेत्रमा खानेपानीको समस्या समाधानका लागि सरकारका विभिन्न निकायबाट भइरहेका कामको सर्वदलिय अनुगमन गर्ने निर्णय पनि भएको बैठकमा सहभागी एमाले जिल्ला सचिव दासले जानकारी दिए।
नेपाली काँग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण प्रसाद कुर्मीको अध्यक्षतामा भएको सर्वदलिय बैठकमा नेकपा एमाले पर्साको सचिव महेश दास, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबाबु बैठा, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्त, जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादव , नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, जसपाका संघीय परिषद सदस्य तबरेज अहमद, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फ लगायतकाको सहभागिता थियो ।

