Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा सेनाको विशेष ‘सर्च’ अभियान, द्वन्द्व फैलाउन खोज्ने ३ जना बमसहित पक्राउ

वीरगन्ज, २० फागुन: निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाले वीरगन्जमा सञ्चालन गरेको विशेष सर्च अभियानका क्रममा तीन जना पक्राउ परेका छन्।

बुधबार बिहान २ बजे वीरगन्ज महानगरपालिका वडा नंवब १६, ईनर्वा क्षेत्रमा विशेष सर्च अपरेशन सञ्चालन गरिएको थियो।

चुनावमा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले गतिविधि गरिरहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको सेनाकाे भनाई छ।

पक्राउ पर्नेहरूमा वीरगन्ज-१६ निवासी कृष्ण यादव, सोही ठाउँकै रोहित पटेल र अवजित यादव रहेका छन्।

उनीहरूको साथबाट ९ थान सुतली बम, २ थान मोबाइल, १ थान पावर बैंक, १ थान चार्जर , ५ वटा सेतो रङ्गको तार र सुंगुरकाे टाउकाे १ वटा बरामद गरिएको छ।

यसैगरी, धार्मिक सद्भाव खल्बल्याउने उद्देश्यले साथमा राखिएको सुँगुरको टाउको समेत बरामद गरिएको श्रीजंग गणका उपसेनानी विकास मरहठ्ठाले जानकारी दिए।

निर्वाचनको समयमा कुनै पनि प्रकारको साम्प्रदायिक वा अराजक गतिविधि हुन नदिन सेना पूर्ण रूपमा सतर्क रहेको उनले बताए।

Related posts

अमेरीकामा बस्ने नेपालीले दलित बालबालिका लागि निशुल्क ट्युसन पढ्ने घर बनाइ दिए

MadhesKhabar

वीरगन्जमा एकैदिन २ करोड भन्दा बढिको सामान सहित तीन वटा गाडी पक्राउ

MadhesKhabar

‘स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ वीरगन्जका युवा पत्रकार आंशु सर्राफलाई प्रदान

MadhesKhabar

Leave a Comment