Madhes Khabar
स्थानिय हेडलाइन

जगरनाथपुर गाउँपालिकाले सासु ससुराकाे राम्रोसँग स्याहार सुसार गर्ने बुहारीहरुलाई सम्मान गर्ने

वीरगन्ज,१०असार: पर्साकाे जगरनाथपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ कराेड ८८ लाख रुपैयाँकाे अनुमानित आयव्यय सहितकाे बजेट ल्याएकाे छ ।

आइतबार आयाेजित गाँउपालिकाकाे ९ औं गाउँसभामा गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले अगामी आर्थिक बर्ष २०८०/०८१ा काे लागि ४१ कराेड ८८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

अध्यक्ष यादवका अनुसार, आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेटमा शिक्षा , स्वास्थ्य , धार्मिक स्थल तथा भाैतिक पुर्वाधारकाे क्षेत्रलाई प्राथमिकतामा राखिएकाे छ।

बजेट प्रस्तुत गर्दै अध्यक्ष यादवले गाउँपालिका अध्यक्ष यादवले विद्यालयमा विद्यार्थीलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए । उनले विद्यालयलाई आपंगता तथा बालमैत्री बनाइनेपनि वताए ।उनले भने “कक्षा १० का विद्यार्थीहरुकाे लागि अतिरिक्त कक्षा संचालन गरिने छ । एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र/छात्राहरुलाई प्राेत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।”

अध्यक्ष यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने बताए । उनले सासु, ससुरालाई राम्राेसंग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत बताए ।

प्रत्येक वडाकाे स्वास्थ्य चाैकीमा एमबिबिएस डाक्टरकाे व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडकाे अस्पताल संचालनकाे लागि संघ र प्रदेश सरकारसंग पहलन गरिने पनि उनले बताए ।

उनले जगरनाथपुुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिक विकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढि रहेको बताए ।

बजेटमा शिक्षा तर्फ २ कराेड ३५ लाख२० हजार, स्वास्थ्य तर्फ १ कराेड १३ लाख, कृषि तर्फ ८५ लाख ५५हजार , मठमन्दिर तथा मस्जिद जस्ता धार्मिक सम्पदाका लागि १ करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको यादवले जानकारी गराए ।

गाउँसभाको उदघाटन नेपाली कांग्रेसका नेता एंव प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरीले गरेका थिए ।गाँउपालिका अध्यक्ष यादवकाे अध्यक्षतामा आयाेजित गाँउसभामा गाँउपालिका उपाध्यक्ष बबिता सिंह,नेपाली कांग्रेसका जिल्ला सहसचिव नविन सिंह, क्षेत्रीय सचिव बलिष्टर अहमद, गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन राय, वडाअध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य, कर्मचारी लगायतकाे सहभागीता थियाे ।

Related posts

सरकारले नै वीरगन्ज कृषि औजार कारखाना चलाउन चाहेकाे छैन : सांसद यादव

MadhesKhabar

जगरनाथपुर गाँउपालिकाकाे वडाहरु मै शिविर सन्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण

MadhesKhabar

गहवामाई रथ यात्राका दिन वीरगन्जका सबै विद्यालयहरुमा विदा दिने महानगरकाे निर्णय

MadhesKhabar

Leave a Comment