Madhes Khabar
कृषि हेडलाइन

सरकारले नै वीरगन्ज कृषि औजार कारखाना चलाउन चाहेकाे छैन : सांसद यादव

वीरगन्ज,२५असाेज: जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सरकारको लापरवाहीका कारण वीरगन्जस्थित कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताएका छन् ।

सरकारले कृषि औजार कारखानाको सञ्चालनकाे जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएपनि अनुदान वापतको रकम नदिँदा कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको यादवले बताएका हुन् ।

पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले भने, “कृषि औजार कारखानालाई पुन: सूचारु गर्ने जिम्मा सरकारले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई दिएको थियो । उहाँले आफ्नो टोलीसँग कारखाना सञ्चालनमा ल्याएर परीक्षण समेत गरिसकेका छन् । तर उनलाई सरकारले दिनुपर्ने २५ करोड रुपैयाँ नदिँदा कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले सरकारले घोषणा गरेको रकम महावीर पुन तत्काल उपलब्ध गराउन माग समेत गरे ।

त्यस्तै यादवले प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर निधन भएका नेपाली नागरिकहरूप्रति श्रद्धाञ्जली पनि अर्पण गरे । उनले इजरायलमा अझै पनि फसेका नागरिकहरूको उद्धार गरेर स्वदेश फिर्ता ल्याउनका निमित्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र परराष्ट्र मन्त्रीले देखाएको तदारुकताका लागि समेत आभार प्रकट गरे ।

यादवले डेङ्गु संक्रमणबाट अस्पतालमा उपचाररत उपराष्ट्रपति रामसहाय यादवको स्वास्थ्य लाभको कामना पनि गरे ।

Related posts

पटेर्वासुगौली गाँउपालिकाको सह्रानीय काम : सुत्केरी महिलालाई ‘सुत्केरी कोशेली’ वितरण

MadhesKhabar

वीरगन्ज महानगरले उद्योगमै फाेहाेर थुपार्न थालेपछि उद्योगीहरुले फेरि जनाए प्रतिबद्धता

MadhesKhabar

होटलमा जुठो माँझेर गुजारा चलाउँदै मधेस आन्दोलनका सहिदकी पत्नी विनीता देवी

MadhesKhabar

Leave a Comment