Madhes Khabar
स्थानिय हेडलाइन

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगभित्रै वीरगन्ज महानगरले आजपनि लगेर थुपारिदियो फोहोर

वीरगन्ज,१४साउन :सिर्सिया नदि प्रदुषित गर्ने उद्योगहरुमा वीरगन्ज महानगरपालिकाले आज(सोमबार)पनि कचरासहितको फोहोर लगेर थुपारिदिएको छ ।वीरगन्ज महानगरपालिकाका नगर प्रहरीसहित कर्मचारीको टोलीले सोमबार वीरगन्ज–२१ परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग प्रालि र श्रीसिद्धि टेक्सटाइल्स प्रालिमा २० ट्याक्टर फोहोर लगेर उद्योगभित्रको परिसरमा थुपारि दिएको हो ।

यसअघि आइतबारपनि महानगरको टोललीले ती दुवै उद्योगसंगै मोरियम लेदर इण्डस्ट्रिजमा कचरासहितको फोहोर लगेर थुपारिदिएको थिाो ।नदीमा प्रदुषण नगर्न पटक पटक चेतावनी दिनुका साथै आर्थिक जरिबाना गर्दापनि नटेरेपछि वीरगन्ज महानगरपालिकाले नदी प्रदुषित गर्ने उद्योगहरुमा सहरबाट संकलन गरिएका कचरासहितको फोहोर ट्याक्टरमा लगेर उद्योगमा खसालेर थुपार्न थालेको हो ।

सोमबार दुई उद्योगमा १०/१० ट्याक्टर फोहोर लगेर थुपारिदिएको महानगरपालिका मेयर राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले बताए । आाइतबार फोहोर लगेर थुपारिएका तीन उद्योगमध्ये मोरियम लेदर इण्डस्ट्रिजकाा सञ्चालकले नदीमा प्रदुषण गर्ने प्रतिबद्धता जनाएको उनले बताए । तर बाँकी दुई उद्योगले आइतबार फालिएको फोहोरको तस्बिर खिच्च्न जाँदा एक नगर प्रहरीलाई दुई घण्टा नियन्त्रणमा लिएर राखेका कारण सोमबार फेरि १०/१० ट्याक्टर फोहोर लगेर उद्योगभित्र थुपारिएको फुयाँलले बताए ।

उनले भने,‘ जुन जुन उद्योगले नदीमा गरिरहेको प्रदुषण रोक्न अटेरी गर्छन वा निहुँ खोज्छन् तती उद्योगमा महानगरले हरेक दिन फोहोर लगेर थुपारिदिन्छ । नदीको प्रदुषण नरोकेसम्म महानगरले कचरासहितको फोहोर लगेर यसरी नै उद्योमा खसाइ रहन्छ ।’

वीरगन्जको लाइफलाइनका रुपमा रहेको सिर्सिया नदी विगत तीन दशक बढी समयदेखि पर्सा ण्बारा औद्योगिक कोरिडोरमा रहेकामध्ये २० भन्दा बढी उद्योगहरुले प्रदुषित गर्दै आइरहेका छन् ।कपडा, कार्टुन , छाला , साबुन लगायतका उद्योगहरुले उद्योगको रसायनयुक्त पानी, फोहोरको लेदो ,कोइलाको छाँई, खरानी , सडेगलेका छाला, रौंं लगायतका फोहोर पदार्थ प्रशोधन नगरी सिधै नदीमा मिसाउँदै आएका छन् ।

यसअघि गत बैशाख ९ गते वीरगन्ज महानगरले नदी प्रदुषित गर्ने उद्योगहरु सिल गर्ने तयारी गरेपछि त्यहिदिर्न ९ वटा उद्योगका सञ्चालकहरुले महानगरपालिकामै पुगेर १५ दिनको समय माग्दै नदीमा प्रदुषण नगर्ने लिखित रुपमै सामुहिक प्रतिबद्धता जनाएका थिए ।

तर उक्त प्रतिबद्धता जनाएको ३ महिना बितिसक्दापनि नदीको प्रदुषण नरोकिएपछि बाध्य भएर कारबाही स्वरुप अटेरी गर्नेमध्येका उद्योगहरुमा आइतबारदेखि महानगरले सहरबाट संकलन गरिएको कचरासहितको फोहोर लगेर थुपार्न थालेको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले बताए ।

 

Related posts

सार्वजनिक गाडीमा विद्यार्थीले ४५ प्रतिशत छुट पाउने नियम लागू गराउन माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

दसैं लगत्तै वीरगन्जका सरकारी विधालयहरुको सुधारमा लाग्छौ : मेयर सिंह

MadhesKhabar

मन्त्रालय भागबण्डा टुंगियो, कांग्रेस र एमालेलाई कुन कुन ?

MadhesKhabar

Leave a Comment