Madhes Khabar
स्थानिय

सिमरा विमानस्थल नजिकै नालाको रडले छेडिएर ८ बर्षिय बालक गम्भीर घाइते

बारा,१०जेष्ठःबाराको सिमरा विमानस्थल अगाडि नालाको रडले छेडिएर बिहीबार बिहान आठ बर्षीय एक बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बाराकै जीतपुरसिमरा उपमहानगरपालिका १ बस्ने आठ बर्षिय प्रितराज गिरी रहेका छन् ।सिमरा विमानस्थलको मुख्य गेटदेखि उत्तरतर्फ जाने सडकमा बनाइएको नालामा उक्त घटना भएको हो ।

नालाको रडले बालकको पेटमा छेडेको छ । बालकलाई सिमरास्थित अल्पाइन अस्पतालबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिए ।उनका अनुसार बालकको अवस्था गम्भीर छ ।

नाला निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीको लापरवाहीका कारण उक्त घटना भएको हो । नालाका लागि बनाइएको ढलानमा रड नछोपिएको र बालक खेल्ने क्रममा लडेर उक्त रडमा छेडिन पुगेको स्थानीयले जानकारी दिएका छन् ।

घटनालगत्तै स्थानीयले बालकलाई अस्पताल लगेका थिए । बालक थानीमाई आधारभूत विद्यालयको विद्यार्थी रहेको बुझिएको छ ।साभारः अन्नपूर्णपोष्ट

 

Related posts

पर्साका सिडिओ ढकालकाे सरुवा, नयाँ सिडिओ रेग्मी आउँदै

MadhesKhabar

लामखुट्टेकाे प्रकाेप बढेपछि वीरगन्जका ३२ वटै वडामा विषादी छर्ने महानगरकाे तयारी

MadhesKhabar

वीरगन्जका पत्रकार नेहाल खानकाे निधन

MadhesKhabar

Leave a Comment