Madhes Khabar
स्थानिय हेडलाइन

लामखुट्टेकाे प्रकाेप बढेपछि वीरगन्जका ३२ वटै वडामा विषादी छर्ने महानगरकाे तयारी

फाइल तस्बिर ।

वीरगन्ज,२८असाेज:वीरगन्जमा केहि साता यता फेरि लामखुट्टेको प्रकोप बढेको जनगुनासो आएपछि वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने तयारी गरेको छ।आगामी कार्तिक १ गतेदेखि महानगरका वडा–वडामा लामखुट्टेनियन्त्रणका लागि विषादी छर्न सुरु गरिने महानगरपालिकाको सरफाई व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले बताए ।

लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि कार्तिक १ गतेदेखि लामखुट्टे मार्ने विषादी छर्ने काम सुरु गरिने मियाँले बताए । महानगरका मेयर राजेशमान सिंहको निर्देशन अनुसार लामखुट्टेको लार्भा मार्नका लागि एयर स्प्रे र पम्प स्प्रे गर्ने तालिका रहेको उनले बताए ।मियाँका अनुसार विषादी, पानी र मट्टितेलको मिसावट गरी बनाइएको स्प्रे कार्तिक १ गतेदेखि सुरु  गरिनेछ।
जाडो मौसमको सुरुवातमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि महानगरले हरेक वडामा दैनिक तालिका बनाएरै बिहान र बेलुका ‘एयर स्प्रे’ र `पम्प स्प्रे´गरिने उनले बताए  ।वीरगन्जका मेयर सिंहले नगरवासीलाई लामखुट्टेको प्रकोपबाट बचाउन दैनिक तालिका बनाएर हरेक वडामा विषादी छर्ने व्यवस्था मिलाउन निर्देशन दिएकाे र त्यही अनुरुप यहि कात्तिक १गतेदेखि एयर स्प्रे र पम्प स्प्रेको काम सुरु गरिने उनले बताए  ।
विषादी छर्ने  अभियान ३२ वटै वडामा कार्तिक २८ गतेसम्म चल्ने मियाँले जानकारी दिए ।चिसो र गर्मी मौसम शुरु हुँदै गर्र्दा वीरगन्जमा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेका लामखुट्टे नियन्त्रण गर्न महानगरले विषादी छकर्ने  अभियान सञ्चालन गर्दै आएको छ ।

Related posts

पोखरियामा फुसको घरगोठमा आगलागी हुदाँ लाखौंको क्षति

MadhesKhabar

वीरगन्जको लालपर्सा स्वास्थ्य चौकीमा रगत,दिशा र पिसाबको जाँच हुने ल्याब सञ्चालन

MadhesKhabar

पर्साको कोइलाभारबाट ७ थान गोलीया काठ बरामद

MadhesKhabar

Leave a Comment