Madhes Khabar
स्थानिय

सखुवा प्रसौनीमा दुई करोडको लागतमा कालोपत्रे सडक निर्माणको काम सुरु

वीरगन्ज,१८जेठः पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ मा करिब २ करोड रुपैयाँको लागतमा कालोपत्रे सडक निर्माणको काम सुरु गरिएको छ ।

संघीय सरकारको २ करोड रुपैयाँको बजेटमा वडा नम्बर २ मा २ किलोेमिटर कालोपत्रे सडक निर्माण गर्न थालिएको गाँउपालिका अध्यक्ष यसवन्त यादवले बताए । वडा नम्बर २ को भण्डारी पुलदेखि रामभौरी, घुसुकपुर हुदैं रंगपुर गाँउसम्मको २ किलोमिटर कालोपत्रे (पिच) सडकको पहिलो चरणको निर्माण कार्य आइतबारदेखि सुरु भएको उनले जानकारी दिए ।

अध्यक्ष यादवका अनुसार, संघीय सरकारको शहरी विकास मन्त्रालय अन्तर्गतको ‘एक प्रदेश एक पालिका’ योजना अन्तर्गत मधेस प्रदेशमा पर्साको सुखवा प्रसौनी पालिका छनौट हुन सफल भएको र त्यहि योजना अन्तर्गत वडा नम्बर २ मा २ किलोमिटर कालोपत्रे सडक निर्माण गर्न थालिएको उनले बताए ।

१८ फिट चौडाई रहने कालोपत्रे सडक निर्माणको काम आगामी असार मसान्तभित्र सक्नुपर्ने गरी निर्माण कमप्निसंग सम्झौता गरिएको जानकारीपनि अध्यक्ष यादवले दिए ।

आइतबारदेखि सुरु कालोपत्रे सडकको पहिलो चरणको काम सुरु गरिएकै दिन आँफु स्वंय निर्माण स्थलमा पुगेर सडकको काम गुणस्तरीय रुपमा गर्न निर्माण कम्पनिका प्रतिनिधिलाई निर्देशनपनि दिएको अध्यक्ष यादवले जानकारी दिए ।

Related posts

पटेर्वा सुगाैली गाँउपालिकाकाे गाँउसभामा ३८ कराेड १५ लाखकाे बजेट प्रस्तुत

MadhesKhabar

पर्सा : पालिकाको पशु कार्यालय सञ्चालित भवन प्रहरीले डोजर लगाएर भत्काई दियो

MadhesKhabar

मालवाहक ट्रकमा गाँजाको तस्करी गर्ने दुई जना बारामा पक्राउ

MadhesKhabar

Leave a Comment