Madhes Khabar
स्थानिय

पटेर्वा सुगाैली गाँउपालिकाकाे गाँउसभामा ३८ कराेड १५ लाखकाे बजेट प्रस्तुत

वीरगन्ज ,१०असार: पर्साकाे पटेर्वा सुगाैली गाँउपालिकाकाे ११ओैं गाँउसभा आइतबार सम्पन्न भएकाे छ ।

गाँउसभामा गाँउपालिका उपाध्यक्ष ममता महताे थारुले आगामी आर्थिक वर्ष २०८०/८१ काे लागि ३८ कराेड १५ लाख ६ हजार ३ सय रुपैयाँको अनुमानित आय व्ययसहितकाे बजेट प्रस्तुत गरिन् ।

गाँउपालिका अध्यक्ष दिनेश चाैधरीले नीति तथा कार्यक्रममा पालिकाले कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र भाैतिक पुर्वाधारकाे क्षेत्र मुख्य प्राथमिकतामा राखिएकाे बताए ।

गाँउसभामा पालिकाले विभिन्न क्षेत्रमा याेगदान पुर्याएका व्यक्तित्व र कर्मचारीलाई दाेशल्ला ओढाएर प्रशंसापत्र प्रदान गरि सम्मानित पनि गरेकाे वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरेले जानकारी दिए ।

गाँउपालिका अध्यक्ष चाैधरीकाे अध्यक्षता तथा पुर्व गाविस अध्यक्ष एंव समाजसेवी प्रमेश्वर गाैराेकाे प्रमुख आतिथ्यतामा भएकाे गाँउसभामा सबै वडाका वडाअध्यक्ष , वडासदस्य, कार्यपालिका सदस्य , प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, कर्मचारी लगायतको सहभागीता रहेकाे थियाे र

Related posts

वीरगन्जको यातायात कार्यालयमा कर्मचारीको दादागिरी : सरुवा भएको कार्यालयमा जान मान्दैनन्

MadhesKhabar

समस्यामा परेका पर्साका पत्रकारहरुलाई सहयोग गर्न पत्रकार कल्याण कोषको स्थापना

MadhesKhabar

मनिट्रान्सफरको रकम लिएर भागेका तीन युवक वीरगन्जबाट पक्राउ

MadhesKhabar

Leave a Comment