Madhes Khabar
स्थानिय

समस्यामा परेका पर्साका पत्रकारहरुलाई सहयोग गर्न पत्रकार कल्याण कोषको स्थापना

वीरगन्ज,२३साउनःसमस्यामा परेका पर्साका पत्रकारहरूलाई सहयोग गर्न पत्रकार कल्याण कोषको स्थापना गरिएको छ ।वीरगन्जमा बुधबार पर्साका अगुवा पत्रकारहरुको भेलाले पत्रकार कल्याण कोषको स्थापना गरेको होे ।कोषको सुरुवात हाल ५० जना पत्रकारहरूले मासिक १ हजार रुपैयाँ जम्मा गरेर गरेका छन्। यो कोषले संचारकर्मीहरूको आर्थिक, स्वास्थ्य र अन्य आवश्यकताहरूमा सहयोग पु¥याउने उद्देश्य राखेको छ।

नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जाराले यो कोषले समस्यामा परेका पत्रकारहरूलाई ठूलो राहत पु¥याउने अपेक्षा व्यक्त गरे। नवगठित कोषको अध्यक्ष निरञ्जन मिश्र रहेका छन् भने अन्य सदस्यहरूमा धनञ्जय मिश्र, मुस्कान श्रेष्ठ, राकेश साह, राजन रौनियार, एस.के. चौरसिया र किरण सत्याल रहेका छन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसि लामिछानेले कोषको स्थापना र यसको संचालनमा महत्वपूर्ण भूमिका खेलेको जानकारी दिए।

Related posts

पर्सामा एक महिनामै प्रहरीद्वारा ३ कराेड भन्दा बढी मुल्यकाे तस्करीको सामान बरामद

MadhesKhabar

वीरगन्जको मनेरोड विस्तारमा बाधा गर्ने र मेयरविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिनेलाई कारबाहीको माग

MadhesKhabar

जब सम्म लाइन कट्ने समस्या सामधान हुदैन तब सम्म इन्डक्सन चुल्होकाे प्रयाेग बढाउन सकिँदैन : मेयर सिंह

MadhesKhabar

Leave a Comment