वीरगन्ज,२३साउनःसमस्यामा परेका पर्साका पत्रकारहरूलाई सहयोग गर्न पत्रकार कल्याण कोषको स्थापना गरिएको छ ।वीरगन्जमा बुधबार पर्साका अगुवा पत्रकारहरुको भेलाले पत्रकार कल्याण कोषको स्थापना गरेको होे ।कोषको सुरुवात हाल ५० जना पत्रकारहरूले मासिक १ हजार रुपैयाँ जम्मा गरेर गरेका छन्। यो कोषले संचारकर्मीहरूको आर्थिक, स्वास्थ्य र अन्य आवश्यकताहरूमा सहयोग पु¥याउने उद्देश्य राखेको छ।
नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जाराले यो कोषले समस्यामा परेका पत्रकारहरूलाई ठूलो राहत पु¥याउने अपेक्षा व्यक्त गरे। नवगठित कोषको अध्यक्ष निरञ्जन मिश्र रहेका छन् भने अन्य सदस्यहरूमा धनञ्जय मिश्र, मुस्कान श्रेष्ठ, राकेश साह, राजन रौनियार, एस.के. चौरसिया र किरण सत्याल रहेका छन्।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसि लामिछानेले कोषको स्थापना र यसको संचालनमा महत्वपूर्ण भूमिका खेलेको जानकारी दिए।

