Madhes Khabar
स्थानिय

मनिट्रान्सफरको रकम लिएर भागेका तीन युवक वीरगन्जबाट पक्राउ

मधेसखबर
वीरगन्ज , १२ माघ : वीरगन्जको एक मनिट्रान्सफरको रकम लिएर फरार भएका तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० का २२ वर्षिय आकाश साह, २२ वर्षिय, संजय साह र २१ वर्षिय महम्मद सकिर मियाँ रहेका छन् ।

प्रहरीका अनुसार , वीरगन्ज १० स्थित माँ दुर्गे मनि ट्रान्सफर प्रालिका सञ्चालक विजय साह सर्राफले मङगलबार ४ लाख १४ हजार ८ सय रुपैया कृषि विकास बैंकमा जम्मा गराई भौचर लिएर आउन दिएको ती तीन जना युवकले बैंक उक्त रकम जम्मा नगरि फरार भएका थिए ।

सन्चालक सर्राफले यस बारे प्रहरीमा उजुरी दिएपछि प्रहरी निरिक्षक प्रज्वल थपलियाको नेतृत्वमा खटिएको टोलीले ती तीन जना युवकलाई वीरगन्ज १० बाटै पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिए । उनिहरुको साथबाट २ लाख २३ हजार ५ सय रुपैया बरामद भएको पनि उनले बताए । पक्राउ परेका तीनै जना विरुद्ध बुधबार पर्सा जिल्ला अदालतबाट ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ ( एक्सटर्सन ) सम्बन्धी कसूरमा ४ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको शाहले जानकारी दिए ।

Related posts

दुर्गा प्रसाईको अभियानमा लागेकाहरुले कलैयाको एभरेष्ट बैंकमा गरे ढुंगामुढा

MadhesKhabar

वीरगन्जमा १५ लाखकाे प्रतिबन्धित भारतीय आयुर्वेदिक औषधिसहित एक जना पक्राउ 

MadhesKhabar

करेन्ट लागेर घाइते वीरगन्जका राजुकाे उपचारका क्रममा मृत्युु

MadhesKhabar

Leave a Comment