Madhes Khabar
स्थानिय

दुर्गा प्रसाईको अभियानमा लागेकाहरुले कलैयाको एभरेष्ट बैंकमा गरे ढुंगामुढा

तस्बिर : साजिर मन्सूर

बारा,३१बैशाखः दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाऊ महाअभियानमा संलग्नहरुले बाराको कलैयामा रहेको एभरेष्ट बैंकको शाखा कार्यालयमा सोमबार ढुंगामुढा गरेका छन् ।

कलैयाको भरत चोकमा भेला भई त्यहाँबाट नाराबाजीसहितको प्रदर्शन गर्दै एभरेष्ट बैंक अगाडि पुगेका अभियानमा संलग्नहरुले बैंकमा ढुंगामुढा गरेका हुन् । त्यसक्रममा उनिहरुले बैंकका शाखा प्रबन्धकको पुत्ला दहन पनि गरेका थिए ।

एभरेष्ट बैंकले कर्जा र ब्याज भुक्तानीका लागि बारम्बार टर्चर दिएकै कारण बर्दियाका एक ऋणी श्रीराम चौधरीले हत्या गरेको, ब्याज र ऋणको किस्ता भुुक्तानीका लागि देशभरका एभरेष्ट बैंकले ऋणीहरुलाई मानसिक यतना दिइरहेको , ८ प्रतिशत ब्याज तिर्ने गरी ऋण लिएकोमा बढाएर अहिले २८ प्रतिशतसम्म पुरयाएकोले बैंक विरुद्ध आँफुहरुले सोमबार कलैयामा प्रदर्शन गरेको प्रदर्शनमा सहभागी बजरंग पासवानले बताए ।

उनले एभरेष्ट बैंक, गरिमा विकास बैंक लगायतका बैंक र अन्य लघुवित्त संस्थाहरुले बारामापनि ऋणीहरुलाई मानसिक यातना दिएका कारण हजारौं ऋणीहरु घर छाडेर पलायन हुनु परेको , कतिपयले आत्महत्या गर्ने सम्मको सोच बनाएकाले दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाऊ महाअभियान आँफुहरु जोठिडएको बताए ।

अभियानले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रममा आँफुहरु अझ सशक्त भएर लाग्नेपनि उनले बताए ।

Related posts

वीरगन्ज २६ मा फेरि काँग्रेसको कब्जा ,वडाध्यक्षमा मिश्रा पुन विजयी

MadhesKhabar

पर्साको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा भेटियो दुई पुरुषको शव

MadhesKhabar

वीरगन्ज महानगरले ३ महिनामै उठायो १६ करोड २६ लाख राजस्व

MadhesKhabar

Leave a Comment