Madhes Khabar
स्थानिय

पर्साकाे भताैडाबाट ८ थान गाेलिया काठ बरामद, तस्कर फरार

मधेसखबर
वीरगन्ज ,२६ मंसिर :पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ को भतौडाबाट प्रहरीले तस्करीकाे काठ बरामद गरेकाे छ ।

प्रहरी चाैकी रंगपुरबाट प्रहरी सहायक निरिक्षक गाेपाल यादवकाे नेतृत्वमा खटिएकाे प्रहरी टाेलीले चार वटा साईकलमा ल्यादै गरेकाे ८ थान सालकाे गाेलिया काठ बरामद गरेकाे हाे ।

भताैडा निजककाे जङ्गलबाट अवैध रुपमा तस्करहरुले साइकलमा लाेड गरेर ल्याउदै गरेकाे ४ फिटको काचो गोलाई ५ थान,३.५ फिटको २ थान र ७ फिटको एक थान काठ सोमबार साँझ ६ बजे बरामद गरिएकाे प्रसनि यादवले बताए ।

बरामद काठ र साईकल प्रहरी चैकीमा राखिएकाे छ । तस्करहरु भने काठ सहितकाे साइकल छाडेर फरार भएकाले उनिहरुलाई पक्राउ गर्न नसकिएकाे प्रसनि यादवले बताएकाे स्थानीय सन्चारकर्मी रामकिशाेर चाैधरीले जानकारी दिए ।

Related posts

महानगरपालिकाकै काममा घुस माग्ने पर्साका नापी प्रमुख श्रेष्ठ २ घण्टा सीडीओको नियन्त्रणमा

MadhesKhabar

पर्साका सिडिओ अर्यालले भने: क्याम्पसबाट भएको सामान्य त्रुटि हो, हामी मतगणना गराउँछौं

MadhesKhabar

पर्सामा मोटरसाइकल दुर्घटना हुदा एक बालकको मृत्यु

MadhesKhabar

Leave a Comment